Headlines News :
>
Home » » जे खोजे पनि भेटिने ६ वेवसाइट

जे खोजे पनि भेटिने ६ वेवसाइट

Written By Unknown on Tuesday, 9 December 2014 | 02:10

इन्टरनेट अव जिन्दगीको अभिन्न पाटो भैसक्यो । हरेक कुरा इन्टरनेटमा खोज्न् आम अभ्यास बनिसकेको छ । इन्टरनेटमा सर्ज गर्ने भनेपछि जसको मनमा पनि गुगलको नाम आउँछ । गुगल याहू वा विङ सबै भन्दा बढी प्रयोग हुने सर्ज इन्जिनमा पर्छन् ।

तर यहाँ गुगल बाहेक ६ वटा त्यस्ता साइटको चर्चा गरिएको छ । जहाँ हामीले खोजेका हरेक कुरा सहजै पाउन सकिन्छ ।

१ सोशल सर्च
इन्टरनेटमा सामग्री सर्च गर्नु एउटा कुरा हो तर सामाजिक सञ्जालमा भैरहेका गतिविधीबारे इन्टरनेट सर्च गर्नु परेमा भने Icerocket.com निक्कै उपयोगी छ । यसमा गएर आफूलाई चाहिएको सामाजिक सञ्जालको नाम टाइप गर्नुस् त्याहाँ विभिन्न Blogs, Twitter, Facebook जस्ता आइकन देखिन्छन् । अनि त्यसमा क्लिक गर्दा सामाजिक सञ्जालमा विश्वभरी भैरहेका ट्रेण्डिङ देखि नयाँ नयाँ कुरा थाहा हुन्छ । सामाजिक सञ्जालको ट्रेण्डिङ सर्च गर्न यो सबै भन्दा उत्तम इन्टरनेट सर्च इन्जिन मानिएको छ ।

२ मेटा सर्च
कुनै पनि सामग्री इन्टरनेटमा सर्च गर्नु परेमा गुगलबाहेक अर्को त्यतिकै ससक्त इन्जिन हो मेटा सर्च । मेटा सर्च इन्जिन्स विभिन्न सर्च इिन्जनबाट डाटा जम्मा गर्छ र ब्यबस्थित तरिकाले मिलाएर राखिदिन्छ । यसका लागि Dogpile.com, Zapmeta.com, Search.com जस्ता सर्च इन्जिन प्रयोग गर्न सकिन्छ । त्यसंगरी गीत भिडियो वा फिल्म हेर्नका लागि भने search.creativecommons.org उपयोगी मानिन्छ । यसले फ्लिकर, फोटोपीडिया, गूगल इमेजेस, ओपन क्लिप आर्ट ग्यालरी जस्ता सेवा पाइन्छ । फोटो सर्च गर्नु पर्‍यो भने Pixabay, Jamendo एवं ccMixter जस्ता सेवा छन् ।


३. नेचुरल ल्याङ्ग्वेज सर्च
अधिकाँश सर्च इन्जिन की वर्ड अर्थात शब्दमा आधारित भएर काम गर्छन् । तर तपाइँलाई थाहा नभएको साइट वा शब्दावली खोज्नका लागि भने आफूले खोजेको कुराको प्रश्न बनाएर सोध्न सकिने Ask.com राम्रो मानिन्छ ।
४ इमेज र भिडियो सर्च
मानिसहरु कुनै तस्विर वा भिडियो सर्च गर्नु परे गुगल, याहूबाट इमेजमा जान्छन् । तर तस्विर नै खोज्नका लागि राम्रो सर्च इन्जिन मानिन्छ Tineye.com । 'रिवर्स' इमेज सर्च इन्जिन भएको Tineye.com ले तस्विर र त्यसमा गरिएका परिवर्तनबारे समेत जानकारी दिन्छ । त्यसैगरी भिडियो सर्चका लागि भने Blinkx.com राम्रो विकल्प हो । यसमा क्याटेगोरीमा रहेको सूची अनुसार भिडियो सर्च गर्न सकिन्छ ।

५ मेडिकल सर्च
यदि स्वास्थ्य सम्बन्धी जानकारी लिनु छ भने iMedisearch.com निक्कै उपयोगी हुन सक्छ । गुगल भन्दा फरक यो सर्च इन्जिन भरपर्दा साइटको सूची दिन्छ । त्यसैगरी तथ्याङ्कका लागि पनि यो राम्रो मानिन्छ ।

६ किड्स सर्च
बच्चाहरु पनि पछिल्लो समय इन्टरनेटको निक्कै उपयोग गर्छन् । बच्चाहरुलाई भने Kidrex.org सुरक्षित विकल्प मानिन्छ । यसले वाल मस्तिस्कमा नकारात्मक नगर्ने सामग्री मात्र छानेर उपलब्ध गराउँछ । बच्चाहरुलाई यो साइटमा खोज्ने बानी लगाइदिनु राम्रो हुन्छ ।
http://nepalitop.blogspot.com/
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar