चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ ।
११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ । यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ । १५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने बताइएको छ ।
यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई अन्यत्र सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष खानेपानी पुर्याउने छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !