एन आई न्यूज ,
इजरायलमा रहेका महिलाहरूलाई मलेशियामा कार्यरत युवकले गरेका दुर्वायावहार किन प्रकाशित गरियो त ? हेर्नुहोस् ।
इटहरी स्थायी घर भई हाल मलोशियामा कार्यरत महेश्वर खड्का (महेश्वर पुवार खड्का) नाम गरेको एक युवक इजरायलमा कार्यरत एक नेपाली महिलालाई फेसवुक मार्फत अस्लिल गाली गलौजमा उत्रिएपछि र सोही व्यक्तिबाट यसअघि पनि इजरायलमा रहेका अन्य महिलाहरुलाई विनाकारण फेसबूकमा बोल्न जवर्जस्ती गर्दै तथानाम बोल्ने गरेको तथ्य मिडियामा आएपछि घटनाको पछिल्लो विषयमा केही दिन अगाडि नेपाल इजरायल डट नेटमा समाचार सम्प्रेशण गरिएको थियो । सो समाचारमा महिलाको गोप्यतालाई मध्यनजर गर्दै अनुरोधमा फोटो र उक्त व्यक्तिसँग भएको कुराकानीको शुरुवात र समाप्तिको कुराकानी अंश वाहेक विचको अँश लुकाईएको थियो । फेसवुकमा साथीसम्म नभएकी ति महिलालाई एक्कासी बोल्दैमा इजरायलको डलर दिन नपर्ने जस्ता कुराहरूवाट शुरू भएको च्याट अस्लिल शव्दहरूमा पुगेपछि घटना कानुनी दायरामा पुग्ने कुरावाट टुङ्गिएको थियो ।
समाचारमा महिलाको नाम लुकाईएको भन्दै केही नेपालीहरूले महिलाको नाम र च्याटमा लेखिएका कुराहरू लुकाईनु हुदैन थियो भन्ने जस्ता जिज्ञासा राख्दै प्रतिक्रिया व्यक्त गरेको पाइएको थियो । सो समाचार वाहिर आएपछि आरोपित महेश्वर खड्का (महेश्वर पुवार खड्का) नामक युवकले इजरायलमा रहेका अन्य महिलाहरूलाई समेत विना कारण फेसवुक च्याटमार्फत धम्काउने, अपशव्द प्रयोग गर्ने, तथानाम गालीगलौच गरेर दुर्व्यावहार गर्ने र नाङ्गो फोटो वनाएर राखिदिन्छु भन्दै व्ल्याकमेलिङ गर्ने गरेको समेत खुल्न आएको छ ।
कतिपय अवस्थामा महिलाहरू पनि निर्दॉष हुदैनन् , अनावश्यक साथी वनाउने, व्ल्याकमेल गर्ने र च्याटमा मस्त हुनेहरू पनि नभएका होईनन् तर एक जना महिलालाई मात्र नभई हाम्रो जानकारीमा आएसम्म इजरायलमा मात्र आधा दर्जन भन्दा वढि महिलाहरु आरोपी खड्काको हिंसामा परेका छन् ।
नेपाल इजरायल डट नेट (एवान खवर डट कम)ले तयार पारेको समाचारमा महिलाले बोलेका कुरा किन मेटाइयो भन्ने जिज्ञासा राख्नु पहिले कुनै पनि मिडियाले महिलाहरुको गोपनियता सुरक्षित राखिदिनुपर्ने एउटा वाध्यता हुन्छ भने इजरायल एउटा त्यस्तो मुलुक हो जहाँ महिलाहरुको सन्दर्भमा धेरै ध्यान पुर्याएर गतिविधी गर्नुपर्ने हुन्छ यद्यपी ति महिला अपराधी नै किन नहोउन् । अर्को कुरा महिलाले के लेखिन भन्दा पनि उत्त व्यक्तिले लेखेका शव्दहरुमाथि किन ध्यान गएन ? नेपाली समाजमा यस्तै उछृङ्खल अस्लिल तत्वहरुलाई प्रत्सोहन गरिरहने हो भने नेपाली समाज कहाँ पुग्ला आम प्रतिक्रियाकर्मीहरुलाई प्रतित भएको पाइएन । उल्टो केही व्यक्तीहरूले त्यस्तै असभ्य बोलि र भाषालाई समर्थन गर्दै प्रतिक्रिया दिइएको
त्यस्तै आरोपी खड्काको फेसवुक वालमा गएर एक व्यक्तीले कुनै महिला विशेषको फोटो राखेर प्रतिक्रिया दिएको प्रतिपनि सम्वन्धित पक्षको ध्यानाकर्षण भएको छ । श्याम कुमार प्रसाई नामक फेसवुक आइडिबाट प्रतिक्रियासँगै पोस्ट गरिएको उक्त तस्विर राखिएकोप्रति तिब्र आलोचना गर्दै सम्वन्धित महिलाले उक्त क्रियाक्लापको आलोचमा गर्दै आपत्ती जनाएकी छिन् ।
यसैविच अहिले हामीले कतिपय पाठकहरुमा मेटिएको च्याटको अंश देखाइयोस् भन्ने खालका प्रतिक्रियाहरुलाई मध्यनजर गर्दै र आरोपी महेश्वर खड्काको हिंसामा परेका र हामीसँग उपलव्ध भएका केही इजरायलवासी नेपाली महिलाहरुसँग निजले गरेको असभ्य हरकतको पूर्ण अंश यहाँ प्रस्तूत गरेका छौं ।
खड्काले गरेका शव्दहरूप्रती आपत्ती जनाउदै पिडित महिलाहरूको आग्रहमा च्याटमा भएको कुराकानी समेत सार्वजनिक गरिएको छ ।
पिडितहरू :---निर्मला खड्का
शान्ति चेम्जोङ
लिला रिजाल
निर्मला वराल
सृजना केसी
पुरा कुराकानी प्रष्ट नवुझिएमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ ।
पिडितहरू :---निर्मला खड्का
शान्ति चेम्जोङ
लिला रिजाल
निर्मला वराल
सृजना केसी
पुरा कुराकानी प्रष्ट नवुझिएमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ ।
![]() |
| लिला रिजालसंगको कुराकानी |
![]() |
| शान्ति चेम्जोङसंगको कुराकानी |
![]() |
| निर्मला खड्कासंगको कुराकानी |
हामीसँग सम्पर्कमा आउनुभएका अन्य दुई महिलाहरु माला खनाल र रञ्जना मैनालीसँगको कुराकानी उपलव्ध गराउन सकिएन । तर उहाँहरुसँग पनि यस्तै व्यहोराको शव्दहरुसहित च्याट गरिएको पिडित पक्षले नेपाल इजरायल डट नेटलाई जानकारी दिएका छन्
नेपाल इजरायल डटनेटवाट
नेपाल इजरायल डटनेटवाट







0 comments:
Speak up your mind
Tell us what you're thinking... !