Headlines News :
>
Home » » भारतीय प्रधानमन्त्री मोदी सडकमार्गबाट नेपाल प्रवेश गर्ने

भारतीय प्रधानमन्त्री मोदी सडकमार्गबाट नेपाल प्रवेश गर्ने

Written By Unknown on Tuesday, 28 October 2014 | 17:34

narendra modi
काठमाडौं, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी स्थलमार्गबाट नेपाल आउने चर्चा आएलगत्तै भिट्टामोड-जनकपुर सडकखण्डको स्तरोन्नति हुने भएको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्डको तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
सम्बद्ध पक्षकाअनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नु हुनेछ । नेपाल–भारत सीमा भिट्टामोडबाट जनकपुरसम्मको सडकको लम्बाइ १९ किलोमिटर रहेको छ ।
पटनाबाट भिट्टामोड चार घण्टामा आवतजावत गर्न सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सार्क सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री स्थलमार्गबाट नेपाल प्रवेश गर्नसक्ने भन्ने सूचना मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए ।
सचिव सिटौलाले भने, ‘भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा काठमाडौँ आएर जनकपुर जाने दुईवटै सम्भावना रहेको छ । उहाँ स्थलमार्गबाट आउनुहुने सम्भावना रहेकाले सडकको मर्मतको तयारी सुरु गरेका छौँ ।’
कांग्रेसका तर्फबाट धनुषाबाट विजयी सभासद् महेन्द्र यादवले भने भारतीय प्रम मोदी स्थलमार्गबाटै नेपाल आउने सम्भावना प्रवल रहेकाले उक्त सडकखण्ड मर्मतमा विशेष ध्यान दिन आग्रह गर्दै विकास समितिको बैठकबाटै निर्णय समेत गराए ।
गत साउनमा नेपाल भ्रमण गर्नु भएका भारतीय प्रम मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।
सचिव सिटौलाले प्राप्त सूचना र तथ्यहरूका आधारमा भिट्टामोड-जनकपुर सडक खण्डको स्तारोन्नती गर्न सडक विभाग तयार रहेको र केही दिनभित्रै सुरु गरिने बताए ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने सभासद्हरूले बैठकमा भारतीय प्रधानमन्त्री सडकमार्गबाट नेपाल भित्रने भन्ने चर्चा चलेकाले उक्त सडकखण्डको मर्मतका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

उनले भने, ‘भिट्टामोड–जनकपुर सडकखण्ड सुधार गरेर तयारी अवस्थामा राख्न तत्काल मर्मतसम्भारको काम अगाडि बढाउने निर्णय भएको छ ।’ जनकपुरबाट भारतीय प्रधानमन्त्री मोदी हवाइ मार्गबाट आउने बताइएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar