Headlines News :
>
Home » » बहिनीले रुँदै भनिन्– “परदेश गई मेरो लागि दाईजो कमाउनु पर्दैन दार्ई” (भिडियोसहित)

बहिनीले रुँदै भनिन्– “परदेश गई मेरो लागि दाईजो कमाउनु पर्दैन दार्ई” (भिडियोसहित)

Written By Unknown on Thursday, 16 October 2014 | 03:42

“टिकट काटी राख्नु दाजै, उँडी आउनु यसैपाली
तिमी विना तिहारहरु, विति गए खालीखाली” 


     परदेशमा पैसा कमाउन गएका आफ्नो दाजुलाई विन्ती गर्दै बहिनीले गरेको गुनासोलाई संगीत मार्फत बजारमा आएको ‘टिकट काटी राख्नु दाजै ’ बोलको गीत यतिवेला निकै चर्चामा छ । नेपालीहरुकोे महान पर्व तिहार आउन अब केही दिन मात्र बा“की रहदा बहिनी भने आफ्नो दाजुसंग सप्तरंगी टिका लाउन नपाएकोमा विलौंना गर्दैछिन् । तिहारको रमझम जताततै छायो । दशैं सकिएस“गै घर–घरमा तिहारको तयारी सुरु भयो र पनि आफ्नो दाजुको सम्झनाले यिनलाई भने तिहारले पिरोलेको छ । विदेश गएका दाजुभाईको दिदीबहिनीबाट टाढा हुनुपर्दाको पीडा अनि तिहारमा दाजुभाईस“गै हुन नपाउ“दाको दिदी बहिनीको पीडा गीतले बोकेको छ । अधिंकाशको दाजु पैसा कमाउन विदेशिएको पिडालाई यस गीतले उतारेको छ । चितवनका कवि भुपिनको शब्द तथा सहन प्रधानले संगीत भरेको गीत रिलिज भएको ४ दिन मात्र हुदा युटुवमा हजारौंले हेरिसेकेका छन् । पैसाको लागी खाडी मुलुक गएको दाजुलाई बैनीले विलौना गरेकाले यो गीतलाई सवैले मन पराएको संगितकार प्रधानले वताए । गीतमा गायिका सुिम्नमा सिंहले स्वर दिएकी छन् । रिबेल इन्टरटेनमेन्टले सार्वजनिक गरेको भिडियोको छायांकन काठमाण्डौ र आसपासका क्षेत्रमा गरिएको हो । गीतमा परदेसिएको दाजुलाई आफ्नो दाईजोको लागी परदेशमा गई दुःख नगर्न आग्रह गर्दै बहिनीले आफुलाई पिडा सहन वानी भईसकेको बताएकी छन् । दाजुविनाको आफ्नो तिहार अधुरो रहने भन्दै गीतमा दाजुलाई टिकट काटी तिहारमा निधार थाप्न आउन यसरी आग्रह गरेकी छन् बहिनीले ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar