Headlines News :
>
Home » » मलेसियामा गर्भपतन गराउने नेपाली महिलालार्इ १० वर्ष जेल

मलेसियामा गर्भपतन गराउने नेपाली महिलालार्इ १० वर्ष जेल

Written By Unknown on Friday, 17 October 2014 | 03:43

कठोर मलेसियन कानूनको मारमा महिला कामदार

३१ असोज,  मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतले १० बर्ष कैदको सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नुपरेको हो ।
तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ ।
सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ ।
पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ ।
मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ ।
यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar