Headlines News :
>
Home » » बैंककमा पारसलाई सघाउन जीवनकुन्जले दूत पठायो

बैंककमा पारसलाई सघाउन जीवनकुन्जले दूत पठायो

Written By Unknown on Monday, 13 October 2014 | 17:37

     लागु औषधसहितसमातिएका पूर्वयुवराज पारस शाहलाई छुटाउने र सघाउने प्रयोजनका लागि शाही परिवारको दूतका रुपमा पारसका पूर्वस्वकीय सचिव राजेश सिंह बैंकक पुगेका छन् ।

paras-at-Thailand1

    पारसकी बहिनी प्रेरणा र काका धीरेन्द्रका छोरीहरु दिलाशा, शितास्मा र पूजाको पहलमा राजेश आइतबार केही पैसासमेत लिएर बैंकक गएको जीवनकुन्ज स्रोतले जनाएको छ ।
जीवनकुन्ज पूर्वअधिराजकुमार धीरेन्द्रको निवास हो, जहाँ अहिले उनका छोरीहरु बस्छन् ।
पारसले आफ्नी बहिनी प्रेरणालाई भन्दा उनीहरुलाई बढ्ता विश्वास र माया गर्ने गरेकाले उनीहरुले पारसलाई सघाउँदै आएका छन् ।
पछिल्लो समयमा चरम आर्थिक संकट झेलिरहेका पारसलाई बहिनीहरु दिलाशा, शितास्मा र पूजाका साथै ज्वाइँ डा. राजीव शाहीले आर्थिक सहयोग पठाउने गरेको जीवनकुन्ज स्रोतले जनाएको छ ।
निर्मल निवास भन्छ-ज्ञानेन्द्र र पारसको सम्वन्ध बाहिर प्रचार गरिएजस्तो खराब छैन
स्रोतका अनुसार धीरेन्द्रका छोरीहरु पनि पारसलाई भेट्न बैंकक जाने तयारीमा छन् । तर, उनीहरु पूर्वराजाको अनुमति लिएर मात्रै जाने निकट स्रोतले बतायो ।

निर्मल निवासको चासो
पारसको पक्राउपछि पूर्वराजारानी थप ‘टर्चर’मा परेको निर्मल निवाससँग सबन्धित एक उच्च अधिकारीले बताए । ‘एकमात्र छोराको हालतले कुन बाबुआमालाई टर्चर नहोला’ उनले भने, ‘तर बाहिर हल्ला गरेर मात्र त केही हुन्न’ ।
निर्मल निवासले पारसलाई बेवास्ता गरेको, अत्याचार गरेको जस्ता टिप्पणीहरु आधारहीन रहेको पूर्वराजा निकट स्रोतले जनाएको छ ।
पारसका हरेक दिनका गतिविधिप्रति निर्मल निवासको चासो रहेको र यसअघि हृदयघात हुँदा सबै परिवार बैंकक गएर पुनस्र्थापना केन्द्रमा राखेर फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘बाबुछोराको बीचमा राम्रो सम्बन्ध छैन र पारसको यो हालत हुनुमा निर्मल निवास पनि दोषी छ भन्ने जस्ता आरोपहरु पूर्वराजपरिवारलाई बदनाम गराउने राष्ट्रिय अन्तर्राष्ट्रिय षडयन्त्रबाट आएका हुन्,’ पूर्वराजाका एक सहयोगीले भने ।
  ‘निर्मल निवासलाई बदनाम गराउन अन्तर्राष्ट्रिय चलखेल भइरहेको छ । लोग्ने अर्कोसित लागेपछि हिमानीको चित्त दुखाइ सामान्य हो । बीचमा पारसलाई बच्चाले भेटेर आएका छन्,’ स्रोतले भन्यो, ‘पारस र निर्मल निवासको सम्बन्ध बाहिर प्रचार गरिएजस्तो खराब छैन ।’
तर, जुनेबला नेपालमा हिन्दू राज्य र राजतन्त्रको पक्षमा जनमत बन्न थाल्छ, त्यहीबेला पारसलाई गाँजा काण्डमा फसाउने गरिएको निर्मल निवासको गुनासो छ । ‘यता हिन्दूत्वको पक्षमा माहौल बन्दा उता पारस गाँजामा समातिन्छन्, उनलाई थाइ सरकारले डिपोर्ट पनि गर्दैन,’ स्रोतले भन्यो, ‘यसमा केही शक्तिले खेलेका छन्’ ।

पारसलाई नेपाल फर्कन कसले रोक्यो ?
पारसलाई नेपाल फर्किन निर्मल निवासले नदिएको आरोपमा पनि सत्यता नरहेको स्रोतको दाबी छ । ‘बाबुलाई हृदयघात हुँदा पारसलाई बोलाउने हो कि आफैं आउने हो ?’ निर्मल निवास भन्छ- ‘पारस आफैं नेपाल नआएका हुन्, उनलाई कसैले रोकेको छैन ।’

himani
हारिन् हिमानी

पारस र उनकी पत्नी हिमानीको सम्बन्धचाहिँ अब औपचारिक र कानुनी मात्र रहेको स्रोतले जनाएको छ ।
थाइ प्रेमिकासँग पारस उतै बसेर दुव्र्यसनी बनेपछि गैरजिम्मेवार पतिको भर पर्न हिमानीले छाडेको हिमानी ट्रष्टका एक पदाधिकारीले बताइन् ।
‘एउटी नारी, त्यसमा पनि हिन्दू महिलाले आफ्नो पति अर्कैसँग बसेपछि सहने कुरा भएन,’ ती पदाधिकारीले भनिन्, ‘अझै पनि पारसले त्यो केटीलाई छाडेर निर्मल निवासको अनुशासनभित्र बस्न आउँछन् भने हिमानीले माफी दिन सक्छिन् ।’
यस बीचमा पनि हिमानीका छोराछोरीले बैंककमा गएर पितालाई भेटेको स्रोतले जनाएको छ । पारसको पछिल्लो प्रकरणबारे हिमानी बेखबर छैनन्, तर उनले पारसलाई खासै चासो भने नदिएको स्रोतको दाबी छ । त्यसो त विगतमा पिटाइ खाँदासमेत हिमानीले पारसलाई सुधार्न प्रयास नगरेकी चाँहि होइनन् ।

शाही परिवारको दूत राजेश सिंह हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ !!
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar