Headlines News :
>
Home » » हाइड्रो व्यापारी मावली दाईको अन्जुलाई सुझाव

हाइड्रो व्यापारी मावली दाईको अन्जुलाई सुझाव

Written By Unknown on Tuesday, 9 September 2014 | 00:37



प्रिय गायिका अञ्जु पन्त बैनीलाई खुल्लापत्र 

 यति स्पष्टसँग गायिका अञ्जु पन्त बैनीले आफ्नो पछिल्लो पटक अंगीकार गरेको धर्म मण्डलीमा उद्गार दिएपछि तिमी नरोऊ बैनी ! धर्म मान्ने, छोड्ने अधिकार मानिसको नैसर्गिक अधिकार हो । तिमीले जे गरेकी छ्यौ तिमीलाई शतप्रतिशत ठीक लागेर गरेकी हौली ।

 आफूले निर्णय लिएपछि आफ्नो निर्णयको पक्षमा अडानका साथ उभिनु पर्छ तिमीले बैनी । तिमीले गल्ती गरेकी छैनौ, यदि तिमी आफैँले धर्म फेर्ने निर्णय लिएकी हौ भने । त्यो तिम्रो मौलिक अधिकार हो । 

नेपालको प्रचलित कानुनले तिमीलाई अधिकार प्रदान गरेको छ । तिमीलाई साइवर क्राइम भएको छ जस्तो लाग्छ भने कानुनको सहारा लिन सक्छ्यौ । नेपालमा साइवर कानुन लागु भइसकेको छ । तिमीले डीसी नेपाल लगायतका मिडियामा अपराधिले जस्तो गरेर रुँदै माफी मागेको देख्दा मलाई ठीक लागेन । 

तिमी काँतर हौ बैनी । कोही आफ्नो निर्णयको बचाऊ गर्न रुन्छन् ? धत् लाटी ! हिजो तिमी हिन्दू थियौ, त आज परिवर्तन गरेर क्रिश्चियन भयौ त के भो ! बन्न सक्छ्यौ तर आफ्नो आस्था र धर्म मान्ने क्रममा अरुको धर्म र आस्थामाथि ठेस पुग्ने शब्द, व्यवहार र क्रियाकलाप चाहिँ कसैलाई पाच्य नहुनु स्वभाविक हो । 

तिमीले तिम्रो मण्डलीमा जे बोल्यौ त्यसले हिन्दू धर्मावलम्बीहरुको चित्त दुख्नु स्वभाविक हो किन भने तिमीलाई यो उचाईमा तिनीहरुले नै पुर्याएका हु्न् । यसमा दुई मत कदाचित् हुन सक्दैन । हामी साक्षी छौँ, सारा संसार साक्षी छ । सत्य छोपेर छोपिन्न । आफ्नो इच्छा मुताविक आफूले धर्म परिवर्तन गरेकोमा बरु उहाँहरुको साथ र सहयोगको लागि हार्दिक धन्यबाद दिएर अब उप्रान्त म क्रिश्चियन भए, यसमा अन्यथा नलिदिनुहोला भन्न सक्थ्यौ ।

 त्यसो हुँदा अहिले जसरी जुन अवस्थाको सामना गरिरहेकी छ्यौ शायद भोग्नु पर्दैनथ्यो किन भने नेपालमा सबै धर्म, सम्प्रदाय र संस्कारका बीचमा समझदारी र समन्वय कायम छ । समय छँदै सत्य बोल बैनी । तिम्रो सुन्दर संसार छ नेपाली सांगीतिक फाँटमा । 

आफैँ आगो लगाएर मरुभूमिकरण नगर ! हिम्मतले भन बरु म मेरो धर्मले प्रतिबन्धित गरेका शब्दहरु भएको गीत गाउदिन तर म कुनै धर्मलाई र तिनका आस्थाका धरोहरलाई प्रभु भन्दा सानो भन्ने टिका टिप्पणी पनि गर्दिन । 

तिमीले बैनी, धर्म परिवर्तन गरेकै भरमा यत्रो बबण्डर मच्चिएको होइन । तिमीले जे बोल्नु हुँदैनथ्यो त्यो बोलेर भएको हो । कर्मको फल त कर्ताले भोग्नैपर्छ जो तिमी भोग्दैछ्यौ । तिमीले बोलेको भिडियो छयापछयाप्ती बजारमा छन् अनि तिमी बोलेको छैन भन्छ्यौ । यही हो तिम्रो गल्ती । तलको भिडियोमा बैनीकै मुखारविन्दबाट ती बोल्नु नहुनु शब्द बोलिएका छन् ।

 कुरा प्रष्ट राख । आफ्नो धर्म मान । तिमीलाई कसले के गर्न सक्छ र ! कानुनले संरक्षित गरेको छ तिम्रो अधिकार । भन्न सक्छ्यौ त–“म क्रिश्चियन भइसके, अबदेखि हिन्दू वा अन्य धर्मसँग सम्बन्धित गीत, भजन गाउदिन । कृपया मलाई कर नगरिदिनु होला र यसको लागि क्षमा प्रार्थी छु !” 

 अञ्जु बैनी, तिमीले चर्चको कार्यक्रममा जहाँ तिमीलाई सम्मान गरिएको देखाइएको छ, त्यहाँ आफ्ना कुरा राख्ने क्रममा धेरै गल्ती गर्यौ कि जस्तो लागेको छ, तिम्रो त्यो रेकर्डेड भिडियो हेर्दा । आफैँ एकपटक यो भिडियो हेर जो मैले यु ट्युबबाट लिएको हो । तिम्रो मुखारविन्दबाट धार्मिक सहिष्णुता टुटेको छ । तिमीलाई तिम्रो धर्म र आस्थाको धरोहरको बारेमा बोल्ने पुराका पुरा हक छ तर अरु धर्म र तिनका आस्थाका धरोहरमाथि टिकाटिप्पणी गर्ने हक छैन । 

बोल्नै नहुने कुरा बोलेकी छ्यौ । त्यसले तिमीलाई जीवनमा साह्रै अप्ठ्यारो पार्न सक्नेछ । तिमी आफ्नो अभिव्यक्ति शैलीमा सुधार गर । तिम्रो मावली र मेरो मावली एकै ठाउँ हो आठराई । त्यसैले मैले तिमीलाई बैनी भनी सम्बोधन गर्दैछु । तिमीले यसमा अन्यथा लिनेछैनौ भन्ने ठानेको छु । गल्ती भएमा क्षमा प्रार्थी छु । जे भए पनि म तिम्रो स्वरको प्रशंसक हुँ । 

 अञ्जु बैनी, तिमीले आफ्ना गल्तीहरु विश्व बजारमा नराम्ररी छरपष्ट पारेकी छ्यौ । कसरी सम्हाल्छ्यौ ! डीसी नेपालमा रोएर मैँले त्यसो भनेकी छैनौ भन्यौ तर यु ट्युबको तिम्रो भिडियोले तिमीले बोलेको प्रमाणित गरिदिएको छ । त्यो एक ठाउँबाट हटाउदैमा पुराका पुरा हट्दैनन् । कतै न कतै डाउनलोड भएर सेभ रहेका हुन्छन् । हटाउन त हटाइएको रहेछ तर ब्लगहरुमार्फत फेरि धमाधम अपलोड भइरहेका छन् ।

अन्तमा, बैनी आफ्नो विगत नभुले कै बेस् । ठीकै छ नि, क्रिश्चियन हुनु अगावै त तिमी हिन्दू थियौ । त्यसलाई त्यसरी नै सकार भन्छु म त । होइन भने आजसम्मका साराका सारा तिम्रा रेकर्डेड गीतहरु जलाइ देऊ । माता भवानी, दुर्गा भवानी, शिवजी, पार्वती जजसको भजन गाएकी छ्यौ धमाधम टिभी च्यानलहरुले खोजीखोजी देखाउदैछन् कति तयारीमा लागेका छन् 

 तिमीले भगवती वहालको मन्दिरमा गाएका भजनहरु पनि त रेकर्डेड होलान् । ती सबै अहिले तिमी शैतानका भजन देख्छ्यौ । तिनै भजन हिजोसम्मका तिम्रा मार्ग दर्शक थिए तर तिम्रो मान्यतामा रातारात शैतानका भजनमा बदलिए । फेरि पनि आवाज त अञ्जु पन्तकै छ । के गर्छ्यौ अब तिमी ? 

अञ्जु पन्तको आधारशीला त हिन्दू धर्म नै हो । तिमीले क्रिश्चियन बनेपछि अब तिमीले नाम त फेर्नै पर्छ । शायद तिमीलाई तिम्रा पाष्टर बाले पनि यसै भन्दै होलान् । हिन्दू धर्मको गीत नगाउने भएपछि तिम्रो नाउँ पनि हिन्दूको हुनु भएन ।

 तिम्रो नाउँ हिन्दू विधि अनुसार राखिएको हो । संस्कृत तत्सम ‘अञ्जलि’ बाट ‘अञ्जु’ व्युत्पति भएको देखिन्छ । तसर्थ यो हिन्दू शब्द हो र यसको अर्थ हातका औँलाहरुमाथि पारी फर्काएर बनेको खोपिल्टोलाई अञ्जली भनिन्छ । त्यसैलाई छोटकरीमा छारी, चेलीहरुको नाउँ राख्दा ‘अञ्जु’ राख्ने चलन छ । धर्म परिवर्तन गरेपछि नाम पनि परिवर्तन गर्नपर्यो नत्र त ढोँगी भइहालियो नि । धर्म क्रिश्चियन नाम हिन्दू !!! 

यस्तो कसरी हुन्छ ? त्यसैले सबै मिलाएर लैजाऊ ! अन्य धर्मका र आस्थाका मानिसहरुलाई शैतान भन्न छोड ! मरेर जाने अनन्तमै हो चाहे हिन्दू, चाहे किरात, चाहे क्रिश्चियन, चाहे मुश्लिम वा अन्यान्य ।

 बाँचुन्जेल सबैलाई राम्रो देखौँ ! 

 गीतकार दुर्गालाल श्रेष्ठज्यूले भनेजस्तो– “फूलको आँखामा फूलै संसार...” 

 मेरो धर्म सबै धर्मलाई समान देख्नु हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar