भारतीय एक नायिकाले पतिबाट आएको यस्तै दवाव खेप्न नसकेपछि अन्ततः पतिको हत्या गरेको स्विकार गरेकी छन् । आठ महिनाअघिको उक्त घटनामा तमिल तथा कन्नडा फिल्मकी अभिनेत्री श्रुती चन्द्रलेखाले आफ्नै पतिको दवाव झेल्न नसक्दा हत्या गरेकी थिइन् ।
केहि अघि मात्र पक्राउ परेकी उनले प्रहरीलाई हत्या गर्नुको कारण खुलाउँदै यो अनौठो काहनी सुनाएकी हुन् ।
पतिले थालेको व्यवसाय धरासयी बनेपछि उनका साथीले सामूहिक यौन कार्य गरिरहेको फिल्म बनाउने त त्यो फिल्ममा आफ्नै श्रीमतीलाई खेलाउन सक्यो भने फिल्मले अर्बों कमाउने सुझाएपछि उनका पतिले उनलाई दवाव दिएका थिए ।
२३ वर्षीया श्रुतीले अश्लील चलचीत्रमा खेल्नैपर्ने नत्र सिध्याइदिने पतिको दवाव पछि आफैंले पतिलाई सक्याउने रणनीति लिएकी थिइन् ।
उनले आफ्ना ४ जना सहकर्मीको सहयोगमा ३५ वर्षीय पति रोनाल्डको हत्या गरि जमिनमुनी गाडेर फरार भएकी थिइन् । तमिल तथा कन्नडा फिल्ममा चर्चित बन्न थालेकी श्रुतीको यो अनौठो कहानी सुनेर प्रहरी पनि आश्चर्यमा परेको बताइएको छ ।
उनको भनाई सत्य सावित भए उनलाई हुने कारबाहिमा केहि तलमाथि हुनसक्ने अधिकारीहरुले बताएका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !