हेटौंडा, भाद्र २४ -
चट्याङ लागेर मकवानपुरमा आमाछोरीको मृत्यु भएको छ । मकवानपुरको पूर्वी
क्षेत्र वेतिनी गाविस ५ बरबोटमा गएराति चट्याङ लागेर दीलकुमारी प्रजापति र
उनकी छोरी ईन्द्रकुमारीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायब उपरीक्षक चन्द्रनारायण
त्रिपाठीले दिएको जानकारी अनुसार चट्याङमा परी चार जना घाइते छन् ।
घटनास्थलतर्फ प्रहरी टोली जाँदै छ । फापरबारी ईलाका प्रहरीबाट घटनास्थल पुग्न चार घण्टा लाग्छ ।
मकवानपुरमा ५ महिनायता मात्रै चट्याङमा परी नौ जनाको मृत्यु भएको छ । यो अवधीमा ११ जना घाइते भएको तथ्यांक छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !