Headlines News :
>
Home » » रुँदै र सराप्दै पेरिसडाँडाबाट बाटो लागिन् तुलसी

रुँदै र सराप्दै पेरिसडाँडाबाट बाटो लागिन् तुलसी

Written By Unknown on Tuesday, 9 September 2014 | 20:51

काठमाडौं,भदौ २५ –लालीगुँरास सहकारीको डेढ करोड ऋणचुक्ता गरेर पेरिसडाँडा मुख्यालयलाई कानुनतः पूर्ण स्वामित्वमा ल्याइसकेको एमाओवादी एकातिर दशलाखको लागतमा कोठा फुटाएर एयर कण्डिसन जडान गरेर,झ्याल फोरेर पदाधिकारीका निम्ति आरामदायक कार्यकक्षको व्यवस्थापन गर्दै छ भने जनयुद्धका घाइते रुँदै र नेतालाई धारेहात लगाउँदै घर फर्कन बाध्य छन् । कैलालीको अत्तरियामा कोखा छेडिनेगरी शाही सेनाको गोली भेटेकी तुल्सी विक र उनका पति राजेशले भोगेको पीडा यस्तो छः
जुम्ला घर भएकाले यो जोडी उपचारखर्चको खोजीमा राजधानी छिरेर पेरिसडाँडाअगाडिको पालमा १५ दिन चिहिलबिहिल हुँदा पनि नेताहरुले वास्ता नगरेपछि अस्ति शनिबार बाटो लागेको हो । शरीरका गोली अड्किएका कारण तुलसी दुई मिनेटभन्दा बढी एकैठाउँमा स्थिर भएर बस्न सक्दिनन्,खुट्टा निदाउन थालिहाल्छ । घाइते भएकै कारण उनले जनसेनाको व्यारेकमा पनि बस्न पाइनन् । क्रान्तिकारी त्यागको नमुना देखाउँदै भएभरको गहना पार्टीलाई बुझाएकै हुन् । बाबुराम प्रधानमन्त्री हुँदा यिनलाई ‘क’ वर्गको घाइते परिचयपत्र उपलव्ध गराइएको थियो तर त्यो खोस्टो निल्नु न ओकल्नु भयो । त्यत्तिको भरमा कुनै पनि अस्पतालले निशुल्कः उपचार नगरिदिने । सोही कारण उनीहरु गत चैतमा आफ्ना दुईवटा बच्चासहित काठमाडौं आए । एउटा बच्चा दुई दिनसम्म हरायो । अर्कोपटक आउनु ,म सबै व्यवस्था मिलाइराख्छु भन्ने टोपबहादुर रायमाझीको आश्वासनमा फेरि काठमाडौं छिरेका उनीहरुले कि पाँच लाख देऊ कि उपचार गरिदेऊ भन्न थाले । तर न तिनको माग सुनुवाइ भयो न त प्रचण्ड–बाबुराम आउँदा छेकेर वरपर पर्नै दिए । टोपबहादुरलाई एकदिन पजेरोबाट झर्दै गर्दा फेला पारे । अनेक बहाना बनाएर उम्किएका उनी त्यसपछि पार्टी मुख्यालयमा देखै परेनन् ।
मुख्य कार्यालय सचिव हितराज पाण्डेले हाम्रो धेरै ठुलो बेइज्जत भयो । यस्ता घाइते अरु पनि थुप्रै छन् । बाटोखर्च २५ हजार लिएर घर जाऊ भनेर फकाए । ‘हामी भिख माग्न आएका हौ र ? भो तिम्रो पैसा आँफैसँग राख । तिमीहरुको कहिल्यै भलो नहोस्’भनी सराप्दै शनिबार दिउँसो जुम्लातिर प्रस्थान गरेका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar