काठमाडौं, भाद्र
२५ । नेपाल
क्रिकेट संघ (क्यान)ले
आइसीसी विश्व क्रिकेट लिग
डिभिजन ‘थ्री’ का
लागि प्रारम्भिक १८
खेलाडीको छनोट गरेको छ
। आगामी कार्तिक ९
गतेदेखि युगान्डामा हुँदै गरेको प्रतियोगिताका लागि
पारस खड्काको कप्तानीमा १८
सदस्यीय टोलीको चयन गरिएको
हो ।
उपकप्तान
ज्ञानेन्द्र मल्ल रहेको टोलीमा
शरद भेष्वाकर, सुवास
खकुरेल, बसन्त रेग्मी, शक्ति
गौचन र मेहबुब
आलम छन् ।
त्यसैगरी, नरेश बुढाऐर, आरिफ
शेख, रामनरेश गिरी,
सागर पुन, सोमपाल
कामी, अमृत भट्टराई, विनोद
भण्डारी, भुवन कार्की, अनिल
मण्डल, राहुल बिक
र करन केसी
टिममा अटेका छन्
।
तीव्र गतिका बलरद्धय अविनाश कर्ण र जितेन्द्र मुखिया भने फिटनेसमा समस्या देखिएकाले टोलीमा नराखिएको प्रशिक्षक पुबुदु दासानायकेले बताएका छन् । डिभिजन ‘थ्री’ मा नेपालले आयोजक युगान्डासँगै अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुरको सामना गर्नेछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !