Headlines News :
>
Home » » दसैंमा यातायातमा मनपरी नगर्न सरकारको निर्देशन

दसैंमा यातायातमा मनपरी नगर्न सरकारको निर्देशन

Written By Unknown on Tuesday, 9 September 2014 | 20:13


काठमाडौं, भाद्र २५ दसैंमा काठमाडौंबाट बाहिरिने भित्रिने यात्रुलाई सहज तथा सुरक्षित यात्रामा सघाउ पुर्याउन सरकारले अनुगमन गर्ने भएको यात्रुलाई यातायातको सहज टिकट उपलब्ध गराउन जथाभावी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइएको


प्रधानमन्त्री कार्यालयमा सचिव शान्तराज सुवेदीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी महासंघ, वायुसेवा सञ्चालक संघ उपभोक्ता मञ्चका पदाधिकारीबीच मंगलबार भएको बैठकमा व्यवसायीलाई यस्तो निर्देशन दिइएको थियो

बैठकले भाद्रदेखि मात्र अग्रिम टिकट बुकिङ गर्न, सिट क्षमताभन्दा बढी टिकट नकाट्न, एउटै सिटमा दुईओटा टिकट नकाटन त्यसो गरे कारबाही गर्न निर्देशन दिएको

सरकारले घन्टाभन्दा लामो दुरीको यातायातमा दुईजना चालकको व्यवस्था, यात्रुको विवरणसहितको जानकारी ट्राफिक प्रहरीलाई उपलब्ध गराउन भनेको टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउने व्यवस्था, टिकट बिक्री काउन्टरबाटै गर्न, विचौलियालाई प्रवेश नदिन सिटभन्दा बढी यात्रु नराख्न समेत निर्देशन दिएको

गाडी छुट्ने समय स्थान स्पष्ट पार्न पनि भनिएको

यात्रु चाप हेरी थप गाडी सञ्चालन गर्न नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई उपत्यकाभित्र बाहिर सडक जाम व्यवस्थापन गर्न काठमाडौंको थानकोटमा थप जनशक्ति परिचालन गर्न पनि भनिएको
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar