Headlines News :
>
Home » » खुश्बु ओली उच्च निगरानीमा

खुश्बु ओली उच्च निगरानीमा

Written By Unknown on Wednesday, 10 September 2014 | 01:16

Chari Shot Dead काठमाडौं, भदौ २५ – डन दिनेश अधिकारी चरीकी प्रेमिका भनिएको खुश्बु ओलीमाथि प्रहरीले उच्च निगरानी राखिएको खुल्न आएको छ । प्रहरी श्रोतका अनुसार उनलाई विदेश जान समेत न दिन उच्च निगरानीमा राखिएको हो । प्रहरी श्रोतले भने–खुश्बु ओलीलाई विदेश जानबाट समेत रोक्न विमानस्थल प्रहरीलाई उच्च तहबाट आदेश दिइएको छ । खुश्बु ओली विदेश जान लागेको योजना प्रहरी स्रोतमा पुगेपछि खुश्बुमाथि निगरानी बढाएको हो । ‘चरी’को हत्यासगै नेपाली संचारमाध्यममा निकै चर्चामा आएकी खुश्बुको सम्पत्ति छानबिन हुन थालेपछि उनी सुटुक्क बेलायत जान लागिएको योजनामा रहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई काठमाण्डौ उपत्यका बाहिर समेत जान नदिन प्रहरीले प्रत्येक विङ्गलाई परिपत्र गरेको छ भने विदेश जानबाट समेत रोक्न विमानस्थल प्रहरीलाई आदेश दिइएको अपराध अनुसन्धान महाशाखा स्रोतले जनाएको छ । अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले कुनै पनि नागरिकमाथी अनुसन्धान भइरहँदा त्यसमा नजर राख्नु स्वाभिक भएको भन्दै खुश्बुको आर्थिक गतिबिधिसँगै चरीको संकास्पद आर्थिक गतिबिधिको लिंक समेत खुश्बुसँग जोडिएकोले त्यसबाटोमा समेत अनुसन्धान भइरहेका उनलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए । उनले भने–‘चरीले बिभिन्न माध्यमबाट जम्मा गरेको रकम खुश्बुसँगै हुन सक्ने प्रहरीको आशकां रहेको छ’ । प्रहरी श्रोतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गरिरहेको बताइएको छ । चरीको हत्यापछि प्रहरीले जफत गरेको आइफोनका आधारमा समेत उनको कनेक्सन खोतलेको र त्यस अनुसन्धानबाट समेत खुश्बु नै चरीको सबैभन्दा नजिकको व्यक्ति पाइएकोले प्रहरीले खुश्बुमाथि कडा अनुसन्धान गरिरहेको बताइएको छ । खुस्बुले प्रयोग गर्दे आएको धापाखेल स्थित रहेको सिभिल होम्सभित्रको घर चरीले नै खुश्बुलाई किनेर दिएको अनुसन्धानबाट खुलेको छ । उक्त घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । यता खुश्बुसँग सम्पर्क गर्न खोजिदा उनीसगँ सम्पर्क हुन सकिएन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar