Headlines News :
>
Home » » बाँकी जीवन शान्तिसित बिताउँछु

बाँकी जीवन शान्तिसित बिताउँछु

Written By Unknown on Wednesday, 10 September 2014 | 18:17

Anju Panta
वैवाहिक जीवन सोचेजस्तो नभएपछि तनावमा रहेकी गायिका अञ्जु पन्तले पछिल्लो समय आफ्ना पीडा पोख्न थालेकी छन् । वैवाहिक जीवनबारे सामाजिक सञ्जाल र अनलाइनहरूमा अनेक क्रियाप्रतिक्रिया आइरहँदा केही हप्ताअघि उनी कोरियाली राजधानी सोलको युटोपिया होटलको २ सय १ नम्बर कोठामा प्रार्थना गरिरहेकी भेटिइन् । टाउकोमा सेतो फेटा गुथेर बसेकी उनी कुनै तपस्वीझैं लाग्थिन् ।
तेह्रथुमको संक्रान्ति बजारमा बद्रीकुमार पन्त र मनमाया (मनु) योञ्जनकी कान्छी छोरीको रूपमा उनी ३४ वर्षअघि जन्मेकी थिइन् । ‘पुख्र्यौली फर्पिङ सत्तीखेल भए पनि बुवा राष्ट्र बैंकको जागिरे भएकाले मेरो जन्म त्यहाँ भयो,’ उनले आफ्नो कथा सुनाइन्, ‘३ वर्षकै उमेरमा मलाई काठमाडौं ल्याइएको रहेछ ।’ ‘छेराङलो, आने मन्याङ…’ भन्दै सानैदेखि गाउन सुरु गरेकी उनी आमाबुवाको सामुमा लाज लागेकाले रेडियो बज्दा तल्लो तलाको छिडीमा लुकेर नाँच्थिइन् रे ।
‘आमा र मावली हजुरआमा मिठो गीत गाउनुहुन्थ्यो । उहाँहरूबाट पनि गीत गाउने कला सिकेकी छु,’ आफू गायिका बन्नुको प्रेरणा यसरी खोलिन् उनले । उनले प्रतिभा देखेर फुपू जानकी केसीले ०५३ मा कृष्ण्मान डंगोलको घरमा पुर्‍र्याइदिएकी थिइन् अञ्जुलाई । त्यो दिन सम्झेर अहिले पनि खुसी हुन्छिन् उनी । त्यही दिन डंगोलले ‘नाम गुम जाएगा…’, ‘पोहोर साल खुसी फाट्यो…’, ‘सोचेजस्तो हुन्न जीवन…’ जस्ता गीत गाउन लगाएका थिए । ”गीत सुनेपछि बजाउँदै गरेको हार्मोनियम रोकेर उहाँले ‘सुर, ताल लय, स्वर सबै ठीक छ, तिमी एक दिन नेपालकी राम्री गायिका हुन्छ्यौ’ भन्नुभएको आजजस्तै लाग्छ,’ उनले अतीत सम्भिmन् । कृष्णमान मरेर गए पनि उनले गरेको भविष्यवाणी भने यतिबेला पूरा भएको छ । अञ्जु साँच्च्ौं नेपाली सांगीतिक आकाशमा चर्चित प्रतिभा बनिन् ।
भजन, गजल, आधुनिक, चलचित्र सबै विधाका गीत गाउँछिन् उनी, तर गजल गाउँदा भने उनलाई धेरै आनन्द मिल्छ रे । गायकले गीतमा प्राण्ा भर्न सके मात्र गीतकार, संगीतकार र श्रोतालाई न्याय हुने उनको धाराणा छ । आफ्नो स्वरलाई प्रकृतिको देन मान्ने उनले आफ्नो सफलता वा असफलताको कसी पनि श्रोतालाई छोडिदिएकी छन् ।
०५४ मा रेडियो नेपालको गीत प्रतियोगितामा मनोजराज शिवाकोटीसँग अञ्जुको पहिलो भेट भएको थियो । त्यही भेट झ्याँगिँदै गएपछि प्रेममा परिणत भयो र सम्बन्धले विवाहको रूप लियो । तर ‘सोचे जस्तो हुन्न जीवन…’ भन्ने गीतजस्तै पन्तको दाम्पत्य-जीवन पनि सोचेजस्तो भएन । यसको पहिलो कारण्ा ‘श्रीमान्को शंका गर्ने बानी’ रहेको उनले आरोप लाइन् । ‘हामी चौबिसै घन्टासँगै हुन्थ्यांै र पनि उहाँ शंका गर्नुहुन्थ्यो । प्रेम र विश्वास भनेको दोहोरो हुनुपर्छ । मैले मेरो प्रेम र विश्वासलाई प्रस्ट्याइराख्नुपथ्र्यो,’ उनले भनिन् ।
जो कोहीको पनि सफलताको पछिल्तिर परिवारको भूमिका ठूलो हुन्छ भनिन्छ । ‘मेरो पनि अपेक्षा त्यस्तै थियो,’ उनले भनिन्, ‘तर हुन सकेन । जीवन यस्तै रहेछ ।’ पतिपत्नी छुटेको केही वर्षमै मनोजराजले घरजम गरिसकेका छन् । बितेका क्षणहरू सम्झँदा निक्कै भावुक बनेकी अञ्जुले वैवाहिक सम्बन्धमा छँदा आफू घरेलु हिंसा पीडित हुनुपरेको पनि दाबी गरिन् । ‘म मात्रै हैन,’ उनले भनिन्, ‘हरेक नेपाली महिला विवाहपछि कुनै न कुनै रूपबाट हिंसाको सिकार हुनुपरेको तथ्य बाहिर आइरहेकै छ ।’ डिभोर्स गरेपछि अत्यन्त मानसिक तनावमा रहेकी अञ्जुले आत्महत्या गर्ने प्रयास गरेको पनि खुलासा गरिन् । त्यस्तो अवस्थामा मिडियाले समेत नकारात्मक प्रचार गरेको उनले आरोप लाइन् । ‘हिजोका योजना सबै माटोमा मिलेकाले योजना बनाउन छोडेकी छु,’ उनले भनिन्, ‘त्यसैले बाहिर हल्ला भएअनुसार दोस्रो विवाह गर्नेबारे कुनै योजना छैन । आधा जीवन रोएर बिताएँ अब बाँकी जीवन शान्तिसँग बिताउन चाहन्छु ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar