Headlines News :
>
Home » » साउदी अरब गएका बाबु मृत्युशैयामा छटपटाउँदै, आमा अन्यत्रै रमाउँदै, तीन बच्चाको बिचल्ली

साउदी अरब गएका बाबु मृत्युशैयामा छटपटाउँदै, आमा अन्यत्रै रमाउँदै, तीन बच्चाको बिचल्ली

Written By Unknown on Wednesday, 10 September 2014 | 22:32

भक्तपुर, २६ भदौ । कोही आमा त कति निर्दयी हुन्छन् भन्ने उदाहरण हेर्न यतिबेला झक्तपुर चाँगुनारायणको एक परिवारलाई हेरे पुग्छ ।
पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि भक्तपुर चाँगुनारायण गाविस–७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) का तीन बच्चा यतिखेर बिचल्लीमा परेका छन् । दलित वर्गभित्रको गरिबी हटाएर परिवारलाई सुख दिने भरोसा लिएर जुत्ता सिलाउने कामकै लागि साउदी अरब गएका ४० वर्षीय रामकृष्ण तीन महिना अरब मै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि तीन बच्चाको बिचल्ली भएको हो ।
गत वैशाख १६ गते साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबुको कुरेर बसिरहनुपरेको जेठी छोरी सविताले बताइन् ।
‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या प¥यो, हामी त बिचल्लीमा परेका छौँ’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।
अस्पतालमा उपचार गर्दा लागेको तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षीय बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताए ।
जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, आठ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।
चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आएपनि यो दीर्घकालीन नभएको बताउनुभयो ।
तीन बच्चाको बिचल्लीमा परेकाले उहाँले कसैले सहयोग गरिदिन्छ कि भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटेपछि दलित परिवारको थप बिचल्ली भएको बताउनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar