भैरहवा, भाद्र २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले भारतसँग गर्ने भनिएको उर्जा विकास सम्झौता (पीडीए) नेपालको हितमा नहुने दाबी गरेका छन् । बुधबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोहनीले अविलम्ब पीडीए सम्झौताको प्रक्रिया स्थगित गर्न पनि आग्रह गरे ।
भारतसँगको उर्जा व्यापार सम्झौता (पीटीए) सकारात्मक भए पनि पीडीए सम्झौता राष्ट्रको हितमा नभएको उनको भनाइ थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !