Headlines News :
>
Home » » कान्तिपुरकर्मीको बयान भोलिदेखि

कान्तिपुरकर्मीको बयान भोलिदेखि

Written By Unknown on Wednesday, 10 September 2014 | 01:10


काठमाडौं, भाद्र २५ अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहियालगायत चारजना कान्तिपुरकर्मीको बयान भोलिदेखि हुने भएको बयानका लागि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा वरिष्ठ सहायक संवाददाता घनश्याम खड्का बुधबार अदालतमा उपस्थित भएपनि भोलिदेखि मात्रै सुनुवाइ हुने भनेर फर्काइएको थियो

यस्तै, कान्तिपुरका स्तम्भकार विजयकुमारले पनि आफूविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुधबारै सर्वोच्चमा बुझाएका छन् अदालतको अवहेलना हुने गरी समाचार प्रकाशन गरेको भन्दै सर्वोच्च अदालतमा कान्तिपुरविरुद्ध दुईओटा मुद्दा दर्ता भएका थिए

 

दुबै मुद्दाको सुनुवाइ गर्दै गत बैशाख आषाढमा न्यायाधीश गोपाल पराजुलीको इजलाशले कान्तिपुरले अदालतको अवहेलना गरेको ठहर गर्दै बयानका लागि बोलाएको थियो कान्तिपुरले पराजुलीको न्यायाधीशमा सिफारिस संसदीय सुनुवाइको क्रममा परेका उजुरीलाई लिएर विभिन्न समाचार प्रकाशन गरेको थियो

कान्तिपुरविरुद्ध परेको मुद्दाको बयान बुधबार (आज) हुने भनिएकाले उनीहरुसँगै अदालतमा बयान सुन्नका लागि ठूलो संख्यामा कान्तिपुरकर्मी सञ्चार संस्थाका प्रतिनिधि पनि अदालत पुगेका थिए
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar