Headlines News :
>
Home » » रसियामा नेपाली कार्पेट, चिया–कफीको सम्भावना : राजदूत

रसियामा नेपाली कार्पेट, चिया–कफीको सम्भावना : राजदूत

Written By Unknown on Tuesday, 9 September 2014 | 23:56


काठमाडौं, भाद्र २५ नेपालका लागि रसियाका राजदूत सर्जेई भ्यासिलभिच भ्यालिचकिनलले रसियामा नेपाली कार्पेट, पस्मिना, हस्तकलाका सामाग्री, चिया तथा कफीको सम्भावना रहेको भन्दै यी वस्तुहरुको निर्यात बढाउन आग्रह गरेका छन् नेपालले यी वस्तुहरुको निर्यात बढाउन सके रसियासँगको व्यपारघाटा कम गर्न सकिने उनको भनाइ थियो

 

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत सर्जेइले रसियाली पर्यटक भित्र्याउन नेपालको हवाई क्षमता विस्तार हुनुपर्ने सुझाब दिए

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल रसियाबीचको संयुक्त लगानीका प्रशस्त सम्भावना रहेको भन्दै पूर्वाधार निर्माण, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पूँजी, सीप अनुभवलाई नेपालमा उपयोग गर्न आग्रह गरे

छिमेकीमूलुक चीन, भारतलगायतका सार्क राष्ट्रहरुको बजारलाई समेत लक्षित गरेर नेपालमा लगानी गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar