पर्वत, भाद्र २५ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी पर्वतमा बजार अनुगमन सुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईको नेतृत्वमा उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, उपभोक्ता मञ्च र पत्रकारको संयुक्त टोलीले अनुगमन सुरु गरेको हो ।
अनुगमनको क्रममा खाद्यान्न बिक्री गर्ने खुद्रा पसल, थोक बिक्रेता र मिठाइ पसलमा मापदन्ड विपरित सामाग्रीहरु विक्री–वितरण भइरहेको पाइएको छ । अनुगनका क्रममा धेरैजसो पसलहरुमा विक्रीका लागि राखिएका सामाग्रीमा लेबल नभएको, मूल्यसूची स्पष्ट नभएको, उपभोग्य मिति र उत्पादन मिति नभएका सामाग्रीहरु भेटिएका छन् ।
लेवल नै नभएका सामाग्री नष्ट र फिर्ता गर्न निर्देशन समेत दिइएको सहायक प्रमुख जिल्लाले बताएका छन् ।
व्यवसायीलाई आफ्ना बिल–विजकहरु राख्न, करदाता नम्बर भएको बिल मात्र जारी गर्न भनिएको छ ।
यस्तै, आवश्यक कागजात तयार पार्न तथा लेबल नभएका सामागं्री नराख्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ । बजार अनुगमन तिहारसम्म जारी रहनेछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !