काठमाडौ, भाद्र २४ - प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आफ्ने नजिकको मित्र भएको बताएका छन् । उनीसँग आफ्नो निरन्तर सम्वाद भइरहेकोले उनको समेत सहमतिमा माघ-८ भित्र संविधान जारी हुने कोइरालाले विश्वास व्यक्त गरे ।
भदौ-१ मा विराटनगरबाट सुरु भएको वीपी विचार यात्राको मंगलबार सुन्दरीजलस्थित वीपी संग्रलाहमा समापन गर्दै कोइरालाले सबैको सहमतिमा संविधान जारी हुने बताए । उनले भने-'वैद्यजीसँग सौहार्दपूर्ण कुरा भइरहेको छ । आजपनि टेलिफोन वार्ता भएको छ । डडेल्धुरामा रहनुभएका बैद्यजीलाई सहमति गर्नका लागि छिटो र्फकन आग्रह गरेको छु ।' उनले कसैलाई तल पारेर होइन कि बराबरीमा सबैसँग सम्झौता हुने जनाए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वीपीका अनुयायीले उनको बाटो पछ्याउनुपर्ने भन्दै समयमा संविधान जारी गरेर मात्र उनीप्रति सच्चा सम्मान हुने बताए । पार्टी उपसभापति रामचन्द्र पौडेलले कांग्रेसजनले नैतिक मूल्य र मान्यताको राजनीति गरेर वीपीप्रति सम्मान व्यक्त गर्नुपर्ने बताए । उनले जोड घटाउको राजनीति भन्दा सहमति र सहकार्य अहिलको आवश्कता रहेको उल्लेख गरे ।
कार्यक्रममा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला लगायतका नेताहरुले मन्तव्य राखेका थिए । वीपीको जन्म जयन्तीका अवसरमा राष्ट्रपति रामवरण यादवपनि मंगलबार बिहान सुन्दरीजल पुगेका थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !