'मान्छेहरू म एक नायिका हुँ भन्ने पनि बिर्सन्छन्। मलाई उनीहरू सिरियस्ली पनि लिँदैनन्,' सुन्दर शारीरिक बनावटकी धनी सोनामले यसको कारण पनि बुझेकी छन्। कारणबारे भन्छिन्, 'पहिलो त मेरो ड्रेसिङ सेन्स नै हो। दोस्रो, मेरो स्वच्छन्द प्रकृति। यी दुवै कुराले मेरो कलाकारको परिचयलाई छायामा पारिरहेका छन्। तर पनि म यी दुई कुरालाई फेर्न चाहन्नँ। यी मेरा हिस्सा हुन्।' त्यसो त बारम्बार विवादास्पद अभिव्यक्ति दिने भएकाले धेरैले उनलाई घमण्डी भनेर पनि बुझ्छन्। 'म जहिल्यै मनदेखि बोल्ने गर्छु। खासमा हाम्रा धेरै सहकर्मी के असल के खराब भन्ने जान्दाजान्दै पनि बोल्न नसकेको मैले महसुस गरेकी छु। यस्तो हुनु राम्रो हैन। म त तिनीहरू जस्तो हुन सक्दिनँ,' सोनामले आफ्नो बचाउ गरिन्।
सञ्जयलीला भन्साली निर्देशित 'साँवरिया' बाट बलिउड डेब्यु गर्न पाएकी अनील कपुर पुत्रीले छोटो समयमै लामो छलाङ मारिसकेकी छन्। कुरा काट्नेहरू उनलाई सफलताले मात्तिएकी पनि ठान्छन्। तर 'राँझणा' र 'भाग मिल्खा भाग' बाट राम्रो छवि समेत बनाएकी सोनाम यतिबेला रेखा अभिनीत सन् १९८० को हिट को रिमेक 'खुबसुरत' मार्फत पुनः दर्शकमाझ आउन लागेकी छन्। नयाँ फिल्म आउन लागेकाले पनि सोनामलाई
आफ्नो मेजका कारण केही तनाव भएको हो। उनी आफू रूपकी मात्रै सुन्दर नभएर एक्टिङ पनि सुन्दर गर्न सक्ने नायिका हुँ भन्ने देखाउन फेरि एकपटक परीक्षा दिनुपरेको छ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !