Headlines News :
>
Home » » गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

Written By Unknown on Tuesday, 9 September 2014 | 21:25


२५ भदौ, काठमाण्डौ । गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली युवा दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको त्यहााको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
शुक्रबार सेन्ट्रल प्यासिफिक कोष्टबाट ९ जना अबैध आप्रवासीलाई पक्राउ गरेको थियो जसमध्ये ७ जना नेपाली थिए भने दुई जना बंगलादेशी । उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् । इक्वेडरबाट कोष्टारिका हुादै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकालाई भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar