‘मैरै मात्र घर देखिएन, ’ डुबेको घरमाथि छिमेकीको पिढीमा बसेर ४८ वर्षीय जानुकादेवी पराजुलीले पीडा पोखिन् । घर डुब्न थालेपछि भागेर जोगिएकी उनी परिवारसहित ३ किलोमिटर पर बाह्रबिसे बजारमा ३५ दिनदेखि आश्रित छन् ।
तालको सतह घटे घरभित्र रहेको ११ तोला सुन तामा, पित्तलका भाडावर्तन भेटिएलाकी भन्ने उनको आस छ । जुरेकै ६ घर देखिएपनि आफ्नो घर नदेखिएपछि जानुका आइतबार दिनभर खिन्न भइन् ।
नौ रोपनी जग्गा समेत तालले छोपेपछि सुकुम्बासी भएको बिलौना गरिरहदा छिमेकी महिलाहरु उनलाई सम्झाउँदै थिए । उनले देखाएको आधारमा अझैपनि जुरेका सबै घर देखिन ७ मिटर पानी घट्नुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !