भदौ-२५, गुजरात ।
आफ्नै श्रीमतिको हत्या गरेर एक श्रीमानले
प्रहरी सामु आफैले मारेको भनेर निवेदन दिएका छन् । आफ्नी श्रीमतिले
छिमेकीसँग मायाप्रेम गासेको थाहा पाएपछि भारतको गुजरातमा एक श्रीमानले
आफ्नै श्रीमतिलाई जिउँदै जलाइ हत्या गरेका हुन् ।
राजु नाम गरेका ति युवकले छिमेकीसँग
पल्केको भन्दै सुनिता नाम गरेकी आफ्नी श्रीमतिको शरिरभरि मट्टीतेल खन्याएर
आगो लगाइ दिएका थिए । उनले श्रीमतिलाई आगो लगाएर सरासर प्रहरी चौकीमा गएर
आफुले श्रीमतिलाई ज्युदै जलाएको र गिरफ्तार गर्न प्रहरीलाई निवेदन गरेका
थिए ।
उक्त व्यक्तिको कुरा सुनेर प्रहरी नै
अचम्ममा परेका थिए । उनको त्यो कुरापछि पप्रहरी ति व्यक्तिको घरमै पुगेर
हेर्दा श्रीमति जलिरहेको अवस्थामा भेटिए पछि उनलाई नियन्त्रणमा लिइएको थियो
। चलेकी महिलालाई अहिले अस्पतालमा भर्ना गरीएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !