Headlines News :
>
Home » » डीएसपीले आफूलाई नपाएपछि चरीको हत्या गरेको खुस्वुको भनाई

डीएसपीले आफूलाई नपाएपछि चरीको हत्या गरेको खुस्वुको भनाई

Written By Unknown on Friday, 8 August 2014 | 23:21

khusbu5 copy
खुस्वु वली यतिबेला निकै चर्चामा छिन् । दीनेस अधिकारी ‘चरी’को हत्यापछि उनी चर्चामा रहेकी हुन् । ‘चरी’ की प्रेमीकाको रुपमा रहेकी उनले गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको ठाडै विरोध गरेकी छन् । चरीलाई प्रहरीले डन बनाएको भन्दै उनले खास ‘डन’ त प्रहरी भएको बताएकी छन् । दीनेसको प्रहरीले नै हत्या गरेको उनको भनाई छ । डीएसपी कुमुदको संलग्नतामा यो हत्या भएको खुस्बुले बताएकी छन् ।

दिनेश अधिकारी ‘चरी’र तपाईंको विवाह हुँदै थियो रे हो ?
हामी दुवैतर्फका परिवारबीच गत वर्ष नै विवाह गरिदिने सहमति भएको हो । परिवारको सहमतिबाटै हामीबीच विवाह हुने कुरा थियो ।

तपाईंको नजरमा दीनेस अधिकारी ‘चरी’ कस्तो मान्छे हो ?
मिडिया र राज्यले उहाँलाई डन र अपराधी बनायो । उहाँ मेरा लागि संसारकै असल मान्छे हो । पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो ।

गृहमन्त्रीले पनि भिडन्तमै मरेको हो भन्नु भयो, तपार्यको प्रतिकृया के छ ?
गृहमन्त्री गलत हुनुहुन्छ । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्छ । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । यो सुनियोजीत हत्या हो । यसमा डिएसपी कुमुद ढुंगेलको हात छ । मप्रति उनी अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं ।

कुमुदले तपाइलाई चाहेका थिए ?
जुन दिन दीनेस र म अर्थात हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा दिनेशलाई कुनै पनि दिन मारिदिन्छु भनेका थिए । त्यसलाई छाड्दिन भनेका थिए । प्रहरीले दिनेसलाई जबर्जस्ती डन बनाएको हो । बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेल डन हो । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar