Headlines News :
>
Home » » मान्छेले मान्छेलेलाई दिने दुख रोक्न सकिन्छ तर प्रकृतिले दिने दुखलाई कसैले रोक्न सक्दैन .............

मान्छेले मान्छेलेलाई दिने दुख रोक्न सकिन्छ तर प्रकृतिले दिने दुखलाई कसैले रोक्न सक्दैन .............

Written By Unknown on Sunday, 10 August 2014 | 03:18

मान्छेले मान्छेलेलाई दिने दुख रोक्न सकिन्छ तर प्रकृतिले दिने दुखलाई कसैले रोक्न सक्दैन भनेको यही हो।
नायक श्रीकृष्ण श्रेष्ठले विवाह गरेको एक महिनामात्र भएको थियो र नायीका पत्नी श्वेता खड्कालाई लिएर हनिमुनका लागि उनी भारत गएका थिए। तर दैबले उनलाई त्यहींबाट लिएर गयो भने खड्का एकै महिनामा एक्लै भइन्।

नेपाली सिने उद्योगका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भएको छ । श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले श्रेष्ठको आज बिहान ५ बजे दिल्लीको एपोलो अस्पतालमा निधन भएको जानकारी दिएका छन् ।


‘डिप निमोनिया’का कारण उनको निधन भएको श्रेष्ठका दाजुले जानकारी दिएको आकाशले बताए ।
नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासंग बिबाह गरेर एक महिनाअघि हनिमुनका लागि सिम्ला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ बर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । तर, भारत गए लगतै उपचारका क्रममा डीप निमोनिया भएको खबरले दर्शक र सिने नगरीलाई चिन्तित तुल्यायो ।
श्रीकृष्ण सिनेमाको पहिलो शोमा सहभागी हुने खबर आयो । सिनेमा चल्नु भन्दा एक दिन अगाडि मात्र श्रीकृष्णको निक्कै कारुणिक आवाज सहितको अडियो सार्वजनिक हुँदा उनको अवस्था केही गम्भिर बनेको धेरैले अड्कल काटेका थिए । तर, आज आइतबार बिहान एकाएक नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएपछि सबैलाई स्तब्ध बनायो ।
परिवारका सदस्यहरु आज दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने समेत आकाशले बताए ।
वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् ।

श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाई, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ ।
एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगे लगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ ।
जसले सवैलार्इ रूवाएर गए !

अभिनेता श्रीकृष्ण श्रेष्ठ बिरामी भएको विषयमा धेरै जानकार थिए । दर्शकदेखी कलाकारसम्मले उनको सु-स्वास्थको कामना गरे ।
लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासंग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिम्ला पुगेका श्रीकृष्णको वारेमा धेरैको अनुमान थियो- केही दिनको उपचारपछि स्वास्थ भएर नेपाल आउनेछन् र उनैले बनाएको फिल्म ‘कोहीनुर’ को प्रदर्शनमा सहभागी हुनेछन् । फिल्म चलेको प्रत्येक हलमा पुगेर दर्शकसंग अंकमाल गर्दै सोध्नेछन् ‘मेरो फिल्म कस्तो लाग्यो ?’ अघिल्लो फिल्म ‘कहाँ भेटिएला’ प्रदर्शनताका उनले धेरै दर्शकसँग हात मिलाउँदै हल-हलमा पुगेका थिए ।
श्रीकृष्णसँग हात मिलाउँदै उनले बनाएको फिल्म हेर्ने सपना पालेका दर्शकका लागि आइतबार बिहानै दुःखको खबर आयो । अब कहिल्यै त्यो अवसर पाउने छैनन् उनका शुभ चिन्तकले । कुशल अभिनेता श्रीकृष्णले यो दुनियाँवाट विदा लिएका छन् सदा सदाका लागि । पछिल्लो पटक ‘कोहीनुर’ नाम राखेर फिल्म बनाएका श्रीकृष्णले फिल्म प्रदर्शनको तिथी नजिकिंदै गर्दा प्राण त्याग गरेर दर्शकदेेखि सहमर्की समेतलाई नरमाईलो बनाईदिए ।

सवैभन्दा ठूलो बज्रपात भयो- लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र बिबाहमा परिणत गरेकी पत्नी श्वेता खड्कालाई ।
त्यसो त कोहीनुरका निर्देशक आकाश अधिकारी पनि श्रीकृष्णलाई सन्चो भएको समाचार आउला कि भन्ने प्रतिक्षामा थिए । उनको आशा बिपरितको सन्देश आयो आईतवार बिहान । बिहान ५ बज्नै लाग्दा श्रीकृष्णको दाजुले उनको निधन भएको खबर सुनाएपछि केही वेर आकाशको वाक्य बन्द भयो । ‘अकस्मात खबर सुनेपछि केही समय त म बोल्नै सकिन ।’ निर्देशक आकाशले भने ।
मिडियाहरुमा आकाशले नै श्रीकृष्णको निधन भएको सन्देश सुनाएनन् मात्रै, जीबनमा सबै भन्दा नमिठो अनुभुति अनुभव गरिरहेका छन् । ‘जीबनमा पहिलोपटक सबैभन्दा नमिठो अनुभुति साँचीरहेको छु ।’ फोन गर्नेहरुलाई श्रीकृष्णको मृत्युको खबर सुनाउनु एउटा नमिठो वाध्यता हो भन्ने आकाशले आजको दिन सिंगो नेपाली फिल्म उद्योग स्तब्ध भएको अनुभुति गरिरहेका छन् ।

उनको आत्माले शान्ती पाओस्, हार्दिक श्रद्धाञ्जली ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar