Headlines News :
>
Home » » बुडा पाकाले भन्ने गर्थे जवान केटि अनि उकालो लागेको गधा को कुनै विश्वास हुदैन जति बेला पनि लात्ती हान्नुसक्छ भन्थे तेसै गरि डन चरी लाई पनि .......

बुडा पाकाले भन्ने गर्थे जवान केटि अनि उकालो लागेको गधा को कुनै विश्वास हुदैन जति बेला पनि लात्ती हान्नुसक्छ भन्थे तेसै गरि डन चरी लाई पनि .......

Written By Unknown on Friday, 8 August 2014 | 21:20

बुडा पाकाले भन्ने गर्थे जवान केटि अनि उकालो लागेको गधा को कुनै विश्वास हुदैन जति बेला पनि लात्ती हान्नुसक्छ भन्थे तेसै गरि डन चरीलाई आफ्नै प्रेमिकाबाट धोका
- केपी ओलीको ग्रिन सिग्नल
काठमाडौ साउन – प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ लाई उनकै प्रेमिका खुश्वु ओलीबाट धोका भएको खुलासा भएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भीमढुंगातिर बोलाएकी थिइन्, त्यो पनि प्रहरीकै सल्लाहमा ।
भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगातिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै प्रहरी पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानेको प्रहरी स्रोतले रातोपाटीलाई बतायो ।
सात महिनादेखि प्रहरीले चरीलाई प्रहरीले मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेकी थिइन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भन्यो, ‘चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ नम्बर प्रयोगमा ल्याएकी थिइन, तर सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइए नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थालेको सोत बताउँछ ।

चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो प्रहरीको तर, सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिस्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एक जवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, ‘चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छ, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर, खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याइनन् ।
तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरी जवान खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । ‘ चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन ’ भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाएइन् । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला खहरै पारे ।
प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन्, ‘जे गर्नु हुन्छ गर्नुस्’ भन्दै ग्रीन सिग्नल देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएनन् । एमालेबाटै साथ नपाएपछि उनी कमजोर बनेको स्रोत बताउँछ । यसै मौकामा प्रहरी सक्रिय बनेको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar