आइएसविरुद्ध मोसुल नजिक संघर्ष गरिरहेका कुर्दिस र इराकी सेनाहरुलाई हवाई सुरक्षा प्रदान
गत मंगलबार मात्र आइएसले सन् २०१२ देखि हराइरहेका अमेरिकी पत्रकार जेम्स फोलेको हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक भएलगत्तै अमेरिकाले मोसुल बाँध नजिक १४ भन्दा बढी पटक हवाई आक्रमण गरेको थियो । अमेरिकी आक्रमणको बदलामा फोलेको हत्या गरिएको आइएसको तर्क छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने फोलेको हत्या अन्तरआत्मालाई मर्माहात पार्ने खालको भएको प्रतिक्रिया दिएका छन् ।
यता, पेन्टागनले भने सिरियामा लडाकुहरुको कब्जामा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्ने प्रयास सुरु गरेको जनाएको छ ।
गत अगष्ट ८ देखि इराक र सिरियाका विभिन्न भाग कब्जा गरेका आइएसविरुद्ध अमेरिकाले हवाई आक्रमण गरेको छ । (एजेन्सी)


0 comments:
Speak up your mind
Tell us what you're thinking... !