तपाइले अति रुचाउने सोसल मिडियाका
फेसबुकका कारण तपार्ईंको गोपनियतामा खतरा पुग्ने पत्ता लागेको छ । याद
राख्नुस: ह्याकरको नजर तपाईंको फेसबुक पनि परेको हुन सक्छ र यो मार्फत
उनीहरु तपाईंको जानकारी पनि लिईराखेका हुन सक्छन् ।
एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार
कोही ह्याकरहरुले प्रयोगकर्ताहरुलाई मूर्ख बनाएर उनीहरुको पासवर्ड पत्ता
लगाइरहेका छन् र उनीहरुको जानकारी कैद गरिरहेका छन् । पत्रिकाको अनुसार
फेसबुक प्रयोग गर्ने ह्याकरहरुले केहि मानिसहरुलाई आफ्ना साथी र नजिकका
मानिसहरुको पासवर्ड पत्ता लगाउन उक्साइरहेका छन् । उनीहरुलाई अरुको फेसबुक
अकाउन्टको पासवर्ड सजिलैसँग ह्याक गर्न सकिने जानकारी दिइन्छ । यस्तो मेसेज
उनीहरुको टाइमलाइनमा आउने गर्दछ ।
अकाउन्ट ह्याक गर्नका लागि उनीहरुलाई
तीनवटा सजिलो उपाय बताइन्छ । उनीहरुलाई एउटा वेभ ब्राउजर जस्तै गुगल क्रोम र
मोजिला फायरफक्समा फेसबुक खोलेर जसको अकाउन्ट ह्याक गर्नु छ उसको प्रोफाइल
खोल्न आदेश दिइन्छ । त्यसपछि माउसलाई राइट क्लिक गर्न निर्देशन दिइन्छ
जसमा उनीहरुलाई इन्सपेक्स एलिमेन्ट सेलेक्ट गर्न आदेश दिइन्छ जसले वेभ
पेजको एचटीएमल एडिटर खोल्ने गर्दछ ।
त्यसपछि प्रयोगकर्तालाई एचटिएमएल एडिटरमा
एउटा विशेष प्रकारको कोड टाइप गर्न भनिन्छ जसका कारण अर्को प्रोफाइल ह्याक
गर्न सकियोस् । जब प्रयोगकर्ताले कुनै कोड टाइप गर्दछन् तब उनको आफ्नै
फेसबुक अकाउन्ट ह्याक भइसक्छ किनभने ह्याकरहरुसम्म उनीहरुको पासवर्ड
पुगिसकेको हुन्छ ।
त्यसपछि ह्याकरहरुले उनीहरुको पूरै डाटा
चोरेर उनीहरुमार्फत नै नयाँ मानिसहरुलाई यसरी नै शिकार बनाउने गर्दछन् ।
ह्याकरहरुले यो खेलका लागि सेल्फ–XSS को प्रयोग गर्ने गर्दछन् जसले
ब्राउजरको प्रयोग गर्ने व्यक्तिलाई नै फसाईदीन सक्छ । यसलाई पहिलेदेखि नै
सेक्युरिटि रिस्क मानिएको छ । त्यसैले फेसबुकमा आएका विभिन्न कुराहरुलाई
निर्देशनको रुपमा पालना नगर्नुहोला । यदी गर्नु भयो भने तपाइँको फेसबुक
सधाका लागि गुम्न सक्छ अथवा ह्याकरले तपाइँको गोपनियता लिईरहेको हुन सक्छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !