Headlines News :
>
Home » » आफ्नो श्रीमती भन्दा पराइ सँग यौन सन्तुष्टी किन बढी मिल्छ ?

आफ्नो श्रीमती भन्दा पराइ सँग यौन सन्तुष्टी किन बढी मिल्छ ?

Written By Unknown on Tuesday, 19 August 2014 | 02:20

       आफ्नो श्रीमती भन्दा पराइ सँग यौन सन्तुष्टी किन बढी मिल्छ ? थाहा पाइराखौ  पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला  
म ३६ वर्षीय विवाहित पुरुष हुँ। १५-१६ वर्षको उमेरदेखि नै महिलाको आकर्षक स्तन देख्दा उत्तेजित हुने समस्याबाट पीडित छु।आफ्ना निकट साथी वा शिक्षिकाहरूलाई देख्नेबित्तिकैउनीहरूको स्तनमा आँखा जान्थ्यो। यो कुरा उनीहरूले थाहा पाउँथे। यसले मलाई विचलित पनि बनाउँथ्यो। साथीहरूसँग यस्तो समस्या व्यक्त गर्दा यो उमेरमा सबैलाई यस्तै हुन्छ भनेर सम्झाए। विवाहगरेपछि यो समस्या आफैं हराउँछ भन्ने कुरा पनि आयो। यद्यपि विवाहपछि पनि ममा खासै परिवर्तनआएको छैन। म श्रीमतीसँग पूर्ण सन्तुष्ट छु।
तैपनि मेरो समस्या हटेको छैन। चलचित्र हेर्दा वा विज्ञापनमा महिलाको तस्बिर देख्दा मेरा आँखा उनीहरूको स्तनमै अल्झिरहेको हुन्छ। यो कुरा श्रीमतीलाई थाहा छैन। उनले नराम्रो मान्छिन् कि भन्ने डर लाग्छ। यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन भन्ने कुरा पनि जान्ने मन छ। यो कस्तो समस्या हो र किन यस्तो हुन्छ ? कतै यो मनोरोग त होइन ? महिला अथवा पुरुषले एक-अर्कालाई देख्दा यौन उत्तेजना हुनु सामान्य हो। 



यस्तो किन हुन्छ भन्ने कुरामा धेरै अनुसन्धान गरेर पुस्तक एवं लेखहरू लेखिएका छन्। ती पुस्तक र लेखहरूमा उल्लेख गरिएअनुसार आकर्षक महिला वा उनीहरूको स्तन देख्दा यौन उत्तेजना हुन्छ भन्ने उनीहरूको विश्लेषण छ। जेमाइटल इकोका सिद्धान्तअनुसार मानिसहरू उभिएर हिँड्ने नभएसम्म स्तनलाई आकर्षण मानिँदैनथ्यो। त्यतिबेला महिलाको पछाडिको भाग पीठलाई आकर्षक मानिन्थ्यो, जब मानिसहरू उभिन थाले अनि विस्तारै स्तन आकर्षणको केन्द्र बन्यो। यो विषय चर्चामा छ र अध्येताहरूको अनुसन्धानका लागि उच्च प्राथमिकतामा समेत पर्छ। यस्ता अनुसन्धानले धेरै रोचक निष्कर्ष पनि निकालेका छन्। थियोरिस्टहरू भन्छन्, पुरुषहरू जसले स्तनलाई प्राथमिकता दिन्छन् र यौनसम्बन्ध राख्दा स्तनमार्फत महिलालाई उत्तेजित बनाउँछन् उनीहरूको यौनसाथीसँगको सम्बन्ध अझ प्रगाढ हुन्छ। महिलाहरूले स्तन
वा स्तनको मुन्टोलाई उत्तेजित गर्दा यौनआनन्द निकै आउने बताएको आधारमा यो सिद्धान्तको उत्पत्ति
भएको हो।



 केही महिलाले मुन्टोलाई उत्तेजित गराउँदा यौन आनन्द निकै हुने बताएका छन्। यसरी उत्तेजित
हुँदा मस्तिष्कमा अक्सिटक्सिन हार्मोन निस्कन्छ र हार्मोनले यौनसाथीबीचको सम्बन्धलाई बलियो बनाउँछ। आमाले आफ्नो शिशुलाई दूध ख्वाउँदा पनि मस्तिष्कमा अक्सिटक्सिन हार्मोन निस्कन्छ, जसका कारण आमा र शिशुबीचको सम्बन्ध अझ प्रगाढ हुन्छ। केही वैज्ञानिकको निष्कर्ष के छ भने पुरुषहरू यसरी निस्कने हार्मोनका कारण आफ्नो यौनसाथीसँग नजिक भएको महसुस गर्छन्। यस्ता पुरुषहरू नै महिलाको स्तनप्रति बढी आकषिर्त हुन्छन्। तपाईंको प्रश्नअनुसार तपाईं त्यही कोटीको पुरुषमा पर्नुहुन्छ। यौनका सन्दर्भमा हेर्दा यो राम्रो लक्षण हो। यद्यपि समस्या के देखिन्छ भने तपाईं यो कुरामा बढी चिन्तित हुनुहुन्छ। जुन कुरालाई जति दबाउन खोज्यो, मनले त्यसलाई त्यति नै महत्व दिइरहेको हुन्छ। त्यसलाई दबाउने, त्यसका बारेमा चिन्ता गर्ने बानीको विकासले नै त्यही पछि समस्या बन्ने  हो। तपाईं के कुरामा ढुक्क हुनुहोस् भने महिलाको स्तन आफैंमा आकर्षक पक्ष हो। तपाईं मात्र होइन, संसारका धेरै पुरुष र केही महिला पनि महिलाको स्तन सबैभन्दा आकर्षक भएको मान्छन्। तपाईं एक्लो व्यक्ति होइन। तपाईंको भनाइअनुसार तपाईं हाफूले अनुभूति गरेको कुरामा भन्दा पनि श्रीमतीले थाहा पाउने कुराले बढी डराएजस्तो बुझिन्छ। यदि त्यसो हो भने तपाईंमा उब्जिएको डर बढ्दै गए पछि मनोरोग हुनसक्छ। लामो अन्तरालमा गएर महिलाको स्तन देखेर
हुने यौन उत्तेजनाभन्दा त्यसप्रतिको डरले चाहिँ तपाईंको दैनिक जीवनमा असर पुर्याउन थाल्छ। त्यसले
श्रीमतीसँगको सम्बन्धमा पनि असर गर्न सक्छ। तपाईंको कुराअनुसार अहिले सम्ममा तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो रहेको बुझिन्छ।



त्यसैले तपाईंले अहिले महसुस गर्नुभएको डर अनि महिलाप्रतिको अनुभूतिलाई श्रीमतीसँग बाँड्नुपर्छ। अर्काे मुख्य कुरा के हो भने तपाईंले चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ छलफल गर्न सक्नुहुन्छ। तपाईं विवाहित पुरुष भएकाले तपाईंलाई मनपर्ने महिलाको स्तन तपाईंकी श्रीमतीसँग पनि छ।मनपर्ने कुरा आफूसँग हुनु धेरै खुसीको कुरा हो। तपाईंले केवल आफूलाई मन पर्ने कुरा श्रीमतीसँग सेयर गर्नुपर्छ। अरूको स्तन देखेर उत्तेजित हुने वा श्रीमतीलाई थाहा नदिन लुकाउनु हुँदैन। आफ्नी श्रीमतीबाहेक अरूको स्तन देखेर उत्तेजित हुने, अरूले थाहा पाउने गरी त्यस किसिमको भाव आउने खालको समस्या बढ्यो भने यौन हिंसाको आरोप झेल्नुपर्ने हुनसक्छ।



यदि यो समस्या हो भने तपाईंलाई सहयोग गर्ने सबैभन्दा नजिकको साथी तपाईंकी श्रीमती नै हुन्। त्यस्ौले श्रीमतीसँगै रमाउने प्रयास गर्नुहोस्। आफ्नो दुःख-सुख श्रीमतीसँग बाँड्नु होस्। तपाईंकी श्रीमतीले अवश्य नै तपाईंलाई मद्दत गर्नुहुनेछ। पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar