पूर्वि नेपालको संखुवासभा जिल्ला शित्तलपाटी गा.वि.स. वार्ड नं. ८ मा २७ वर्ष अगाडी जन्मीएका जितू राई आज भन्दा सात वर्ष अगाडी पूर्वेली पल्टन ११ गोरखा राईफल्स अन्तर्गत भारतीय सेनामा भर्ना भएका हुन् ।

जन्मभूमी नेपाल भए तापनि कर्मभूमी भारतलाई बनाई रहेका जितू राई सेनामा भर्ती भएको केही महिना पछि नै पिस्तोल सुटिंग खेलमा जोडिएका थिए । २००९ देखि भारतको राष्ट्रिय स्तरका खेलहरुमा देखापरेका राईले २०१० मा भारतको राजधानी दिल्लीमा भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा काँस्य पदक हात पारेका थिए । कर्नल ए के पुनियाको असल कमान साथै सुबेदार सचिन लिम्बू, सुबेदार गर्बराज राई जस्ता कुशल प्रशिक्षकहरुको मार्गदर्शन साथै हवल्दार भिम लिम्बू, हवल्दार मीलन तामाङ् जस्ता सहकर्मीहरुको सहयोगमा उनको खेल दिनानु दिन प्रगतितर्फ बढ्न थाल्यो । २०११ मा उनी भारतीय सेनाका उत्कृष्ट खेलाडीहरुमा छनौट भई उच्च कोटिको प्रशिक्षणका लागि अमेरिका गए ।

२०१२ मा दिल्लीमै भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा उनले समूह वर्गमा २ स्वर्ण र एकल वर्गमा १ रजत गरी जम्मा ३ पदक प्राप्त गरे । यो सफलताका कारण भारतीय सेनाले उनलाई हवल्दारमा पदोन्नती गर्यो । त्यस पछि २०१३ मा उनी एसियन सुटिंग च्याम्पियनशीपमा भाग लिन इरान पुगे । इरानमा पनि उनी रजत पदक जित्न सफल भए जसको कारण भारतीय सेनाले उनलाई नायव सुबेदारमा पदोन्नती गरी दियो । २०१३ मै दिल्लीमा भएको राष्ट्रिय सुटिंग प्रतियोगितामा उनले नया कीर्तिमान सहित पचास मीटर पिस्तोल सुटिंगमा स्वर्ण र दश मीटरमा रजत पदक प्राप्त गरे । त्यसैगरी २०१४ मा उनी वल्र्डकप खेल्न जर्मनी पुगे जहाँ उनी एक्लैले तीन अलग अलग वर्गमा भाग लिई नया विश्व कीर्तिमान कायम गर्दै १ स्वर्ण र २ रजत पदक विजय गरी भारतको नया इतिहास लेखे भने विश्व रेङ्कीङ्मा पनि १० मीटर पिस्तोलतर्फ आफुलाई विश्वको नं. १ खेलाडीका रुपमा स्थापित गरे ।
अहिले उनको समाचार हेरेर, पढेर, सुनेर विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपाली जातिको छाती गर्वले फुलेको छ भने मनमा अझ सफलताको शुभकामना गन्जिरहेको छ !

0 comments:
Speak up your mind
Tell us what you're thinking... !