दुई दिनको वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । ६५ जनाभन्दा बढी बेपत्ता भएका छन् भने हजारौं विस्थापित भएका छन् ।
सुर्खेतमा १२ जना
सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार, दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढीले १२ जनाको ज्यान गएको छ भने ४२ जना बेपत्ता भएका छन् ।
बाढीले सुर्खेत उपत्यका लगायत जिल्लाका तातापानी, हरिहरपुर, तरंगा, बाबियाचौर, लाटीकोइली, उत्तरगंगा र सहारेमा ठूलो धनजनको क्षति पुर्याएको छ ।
विहीबार रातिदेखिको वर्षाले उपत्यकाको खोक्रे र इत्रामखोलाले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने खोलाछेउका घर बगाएको छ । सयौं घर डुबानमा छन् । वीरेन्द्रनगर, लाटीकोइली र उत्तरगंगामा डुबानले जनजीवन पूर्ण रुपमा प्रभावित छ ।
बाढीबाट लाटीकोइली, उत्तरगंगा, बाबियाचौर, सहारे र हरिहरपुरमा गरी १२ जनाको शव फेला परेको तथा २५ जना बेपत्ता भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशमान श्रेष्ठले जनाए । बेपत्ताको संख्या अझ बढ्नसक्ने उनले बताए । पश्चिम भेगको तातोपानी-६ र ७ का २४ जना बेपत्ता छन् ।
वर्षातका कारण भेरी नदीमा आएको बाढीका कारण पश्चिम क्षेत्रको तातोपानी, हरिहरपुर, तरंगा र बाबियाचौरमा ठूलो जनधनको क्षति भएको छ । बाढीले भेरी नदीका झोलुंगे पुलसमेत बगाउँदा उद्धारमा समस्या भएको श्रेष्ठले बताए ।
तातोपानी जनसृजना उच्चमाध्यमिक विद्यालयका शिक्षक बलबहादुर बोहराका अनुसार, तातोपानी-६ को गल्फामा ३ घर परिवारका १७ जना र वडा नं. ७ सात तलवाडाका २ परिवारका ७ जना बेपत्ता छन् ।
बाढी र पहिरोले सुर्खेतबाट नेपालगन्ज तथा दैलेख सडक समेत अवरुद्ध छन् । ठाउ-ठाउँमा सडक अवरुद्ध हुंदा यातायात ठप्प छ ।
दाङमा आठ जनाको मृत्यु
दाङ संवाददाता दुर्गालाल केसीका अनुसार, त्यहाँ बाढीले ६ जनाको मृत्यु भएको छ ।
बबई नदीमा आएको बाढीका कारण डुरुवा-१ गनारीकी ४० बषिर्या नुनकुमारी खत्री, उनकी २५ वर्षीया छोरी उर्मिला भुजेल खत्री, उरहरी-६ मोतिपुरका ६० वर्षीय खुशिराम चौधरी र उनकी श्रीमतीको मृत्यु भएको छ । श्रीमतीको नाम भने खुल्न नसकेको प्रहरीले बताएको छ ।
यसैगरी पुरन्धारा ९ गंगटेमा घर भत्कदा २७ वर्षीय देउकला कुँवर र उनकी ७ वर्षीय छोरी गंगा कुँवरको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । घर भत्किदा सतबरिया ७ का डिल्ली चौधरी र उनकी श्रीमती रेशमी चौधरी घाइते भएका छन् ।
बाँकेमा दुईको मृत्यु, दुई बेपत्ता
अबिरल वर्षाले घर भत्किदा र खोलाले बगाएर बाँकेमा दुई जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।
बाँके कचनापुर- २ का आठ बषिर्य सेवक सुनारको खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै, बाढीले घर भत्काउँदा फत्तेपुरकी ७५ वर्षीया सुगनी थारुको मृत्यु भएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।
बाँके कम्दीस्थित लालपुरका ६० वर्षीय छोटे कलवार र कोहलपुरका बालक विशाल अधिकारीलाई स्थानीय खोलालले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
बर्दियामा १५ सम्पर्कविहीन, ५ हजार विस्थापित
अविरल वर्षाले बबई र कर्णाली नदीमा आएको बाढीले बर्दिया सदरमुकाम गुलरियालगायत दर्जनौ गाउँ डुवानमा परेको संवाददाता कमल पन्थीले जनाएका छन् ।
बाढीले सदरमुकाम गुलरियाको ९० प्रतिशत बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । अधिकांश सरकारी कार्यालय,विद्यालय लगायतमा पानी पसेको छ । बबई नदीले धार परिवर्तन गरि पुरानो सर्यु नदीबाट बग्न थालेपछि नगरपालिकाको तुलापुर डुबानमा परेको हो ।
रोल्पा पहिरोमा दुईको मृत्यु
रोल्पाको राँक गाउँमा पहिरोमा परी दुईको मृत्यु हुनाका साथै एक बेपत्ता छन् भने ठाउँ-ठाउँमा पहिरो खस्दा दर्जनौ घाईते भएको संवाददाता काशीराम डाँगीले बताए ।
पश्चिमी गाविस राँकका दुई अलग-अलग स्थानमा पहिरो जादा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । राँक- २ मा स्थानीय लालबहादुर वलीको घरमाथि पहिरो खस्दा उनकी दिदी नाता पर्ने ५३ वर्षीया लली भण्डारी र ६ वर्षकी भतिजी करुणाको मृत्यु भएको हो
सल्यानमा एकको मृत्यु, सात घर बगायो
सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते हुनुका साथै बाढीले सात घर बगाएको संवाददाता बिप्लब महर्जनले जनाएका छन् ।
पहिरोमा पुरिएर रामपुर- २ ढोरेनीका सात बषिर्या बालिका बिन्दु सिजालीको मृत्यु भएको हो भने रुपकली वली र भिमकली सिजाली घाइते भएका हुन् । घाईतेलाई प्रहरीले उद्धार गरेका थिए ।
पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अबरुद्ध
बाँके संवाददाता ठाकुरसिंह थारुका अनुसार, बुधबारदेखि परेको मुसलधारे वषर्ाका कारण महादेवपुरी गाविसको सम्सेरगन्जस्थित परुवाखोलको पुल भत्किदा पुर्बपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुुुँदा काठमाडौं, पोखरा, बिरगन्ज, जनकपुरलगायतका स्थानबाट आएका सवारीसाधन कुसुम र पश्चिमका सवारीसाधन कोहलपुर र चपरगौडीमा रोकिएका छन् । सयौं यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पुल भत्किएको परुवा खोला छेउमा सशस्त्र प्रहरीको गण छ ।
त्यस्तै नेपालगन्ज-गुलरिया सडक अवरुद्ध छ ।
रुकुममा एक बालिकाको मृत्यु
यहाँस्थित स्यालापाखा गाविसमा पहिरोमा पुरिएर शुक्रवार विहान एक बालिकाको मृत्यु भएको छ भने एक वालक गम्भीर घाइते भएको स्थानीय संवाददाता कृष्णप्रसाद गौतमले जनाएका छन् ।
खोलाले बगाएर ३ छात्रा बेपत्ता
विद्यालय जाँदै गरेका तिन बालिका असीग्राम गाविसमा बग्ने रुवाखोलाले बगाएर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दका अनुसार बिहान बिद्यालय जाँदै गर्दा असीग्राम ८ कि कक्षा ९ मा अध्ययनरत १६ वर्षीया मन्जु देउवा, १५ वर्षीया सावित्री देउवा र भागरथी देउवा रुवाखोलाले बगाएर बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकी तीनै जना स्थानीय असिग्रामा उच्च मावि रुवालखोलामा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
चितवनमा दुई जनाको मृत्यु
चितवनमा बगाएर २ को मृत्यु भएको छ । शक्तिखोर ८ स्थित कयरखोला तर्ने क्रममा बिहीबार साँझ बगाएका अन्दाजी ३५ बषिर्य च्याङबा भनिने कृष्णलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी शान्तिराज कोइरालाले बताए । उनका अनुसार बगाएर बेपत्ता भएका उनको शव शुक्रबार विहान घट्नास्थल भन्दा ३ किलोमिटर तल फेला परेको थियो । त्यस्तै दारेचोक ३ मा शुक्रवार दिउँसो खोलाले बगाएर १ को मृत्यु भएको छ । कुरिनघाट बस्ने ४१ वर्षीय चुडामणि सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा पानी लगाई घर फर्किंदै गर्दा वारमाङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए । पछि खोजतलास गर्ने क्रममा घट्नास्थल भन्दा केही तल शव फेला परेको डिएसपी कोइरालाले बताए । चितवनको रत्ननगर नपा ५ स्थित रमाईलोबस्तीमा खगेरी खोला पस्दा २२ घरका ८४ जना बिस्थापित भएका छन् ।
सर्लाहीमा एक जनाको मृत्यु
त्यस्तै सर्लाहीको परवानीपुर ७ का ५२ वर्षीय बाबु योन्जनको स्थानीय झरझरे खोलाले वगाएर मृत्यु भएको छ । बिहीबार राति गाउँ घुमेर घर फर्कने क्रममा उनलाई बगाएको थियो । वगेको ठाउँवाट करिब ३ किलोमिटर तल उनको शव शुक्रवार फेला परेको प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले वताए । साँझ ७ बजे छिमेकी गाउँबाट घुमेर घर फर्कने क्रममा बगाएको स्थानीय प्रकाश थापाले वताए । लगातारको वर्षाले नदीमा पानीको बेग बढेको र रातको समय भएकाले तर्न नसकि बगेको हुन सक्ने अनुमान गरिएको छ ।
मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कुलेखानीस्थित किटिनी खोलामा आएको वाढीले वगाएर एक व्यक्तिको मृत्यु भएको छ । कुलेखानी ६ का ४२ वर्षीय राजु मगर विहीवार वेलुका खोला तरेर घर जानेक्रममा वगाएर वेपत्ता पारेको थियो । शुक्रवार विहान शव १ किलोमिटर तल फेला परेको प्रहरी उपरिक्षक गणेशवहादुर ऐरले वताए । सडक कार्यालयका मजदुर रहेको मगरलाई सडक सफाई गरेर घर जाने क्रममा वगाएको थियो । नवलपरासीमा पहिरोमा परेर १ महिला बेपत्ता भएकी छन । पहाडि नरम गाबिसमा गएको पहिरोमा परेर स्थानिय रेकिमाया माकिम मगर बेपत्ता भएकी हुन । त्यहाँका ५ घर पहिरोमा पुरीएपछि शुक्रवार प्रहरी टोली घटनास्थल तर्फ पठाइएको डिएसपी बामदेब गौतमले जानकारी दिए ।
ओखलढुंगामा बगाएर दुईको मृत्यु
ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ वणर्ालुका एक वालकको शुक्रवार कुलोले बगाएर मृत्यु भएको छ । पूर्णप्रसाद दाहालका ४ वर्षीय छोरा मनोजको मृत्यु भएको प्रहरीले जनाएको छ । मकै भाँच्न गएकी आमालाई पछ्याउँदै गएका छोरालाई कुलोले बगाएको हो ।
सप्तरीमा मधुवा-७ स्थित अर्जी खोलाले बगाएर वेपत्ता श्रीपुर-६ का ६० वर्षीय रामचन्द्र शर्माको शव शुक्रवार किनारमा फेला परेको छ । विहीवार दिउँसो तर्न लाग्दा उनलाई खोलाले बगाएको थियो ।
खहरेले वगाएर जिजद्यार्थीको मृत्यु
अर्घाखाँचीमा खहरे खोलाले बगाएर जलुके लाल राष्ट्रिय प्राविका नौ वर्षीय विद्यार्थी धनवहादुर नेपालीको मृत्यु भएको छ ।
कक्षा २ मा पढ्ने टाकुरा घर भएका उनलाई विहीवार साँझ दुंग्रे खोलाले वगाएको थियो । साँझ घर नफर्केपछि खोज्दै जाँदा वगेको स्थानदेखि करिव १ सय ५० मिटर तल उनको शव भेटिएको स्थानीयवासीले वताए ।
वर्षायाममा बाढीले खहरे वडेकोले बिद्यार्थीहरु जोखिम मलेर आउ जाउ गर्नु परेको स्थानीय पिताम्वर शारुले बताए ।
सुदुरमा पनि बाढी पहिरो
बुधवार देखिको भारी बर्षका कारण सुदुरपश्चिममा समेत जनजीवन प्रभावित भएकोछ । डडेलधुरामा ३ बालिका खोलाले बगाएर बेपत्ता भएका छन् । यसैगरि कैलाली र बाजुरामा पनि २ जना बेपत्ता भएका छन् ।
कैलालीमा कर्णाली मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी भेगका अधिकांस गाविस डुवानमा परेकोछ । शुक्रवार साझ सम्म पनि निरन्तर बषर्ा भइरहेकोले बाढीले पुर्याएको क्षति अझै यकिन गर्न नसकिएको सरकारी निकायले जानकारी गराएको छ ।
बिद्यालय जाँदै गरेका तिन बालिका डडेलधुराको असीग्राम गाविसमा बग्ने रुवाखोलाले बगाएर शुक्रवार बेपत्ता भएकी छन् । बेपत्ता ३ बालिका स्थानीय असिग्रामा उच्च मावि रुवालखोलामा कक्षा ९ मा अध्ययनरत थिए ।
खोलाले बगाएर एक महिला बेपत्ता
अविरल वर्षाका कारण बाजुरा सदरमुकाम मार्तडी क्षेत्रको बाहुलीगाडको बस्ती बाढीको उच्च जोखिममा परेको छ ।
अनाई गाडले धार परिवर्तन गर्दा भंगालो बस्तीमा मोडिएपछि ४० बढी परिवार रातभरी बीचमा फसे । यी परिवार विहिवारदेखि विस्थापित छन् । मार्तडीको बिद्युत गृह बग्नै थालेको छ । खानेपानी बाटोघाटो सबै क्षतिग्रस्त छ । स्थानीय सञ्चार माध्यम बन्द छन् । सञ्चार सेवा समेत अवरुद्ध छ । बाह्रविसमा जयबागेश्वरीकी २० वर्षीया सौरा नेपाली खोलामा बगेर बेपत्ता छिन् ।
पहिरोले विद्यालय भवन भत्कदा ३ को मृत्यु
गोरखाको फिनाम गाविस-६ स्थित पन्थेस्वारामा शुक्रबार पहिरोले विद्यालय भवन भत्किदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् ।
विद्यालयको कोठाभित्र कोरियन नागरिकले विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम जारी रहँदा भवन पछाडीको ढिस्कोमा पहिरो गएर भवनको भित्ता भत्किएको थियो ।
भत्किएको गाह्रोले च्यापेर मानवीय क्षति भएको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए । मृत्यु हुनेमा सोही स्थानका ४० वर्षीया देउती माया सिरमल, ३६ वर्षीया हिरामाया बयालकोटी र ४० वर्षीय किरण सिरमल छन् ।
उनीहर पहिरोमा परी घाइते भएका थिए । तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !