Headlines News :
>
Home » » हर्क बहादुर निरौलाको मृत्युले जेसिवाई कार्यरत नेपाली आन्दोलनमा, सुरक्षा कडाई

हर्क बहादुर निरौलाको मृत्युले जेसिवाई कार्यरत नेपाली आन्दोलनमा, सुरक्षा कडाई

Written By Unknown on Monday, 25 August 2014 | 03:00


शुक्रबारका दिनमा मलेशियाको जोहोर बारू राज्य अन्तर्गत रहेको जेसिवाई कम्पनीमा कार्यरत हर्क बहादुर निरौलाको उपचार नपाएर मृत्यु भएको घटनाले सो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले दैनिक कामकाज ठप्प परेका छन् । शुक्रबारबाट आन्दोलनमा उत्रिएका नेपाली कामदारलाई नियन्त्रणमा लिन शुक्रबारदेखि कम्पनीले होस्टेल वरपर पुलिश तैनाथ गरेको छ ।

कम्पनीले राम्रो उपचारको ब्यवस्त नगरेकोले सोहि कम्पनीमा कार्यरत हर्क बहादुर निरौलाको ज्यान गए पछि आक्रोशमा उत्रिएका नेपाली काममा आज पनि दैनिक काममा फर्केका छैनन । आक्रोशमा रहेको नेपाली मजदुरले होस्टेलको गार्ड होश र केहि सवारी साधनमा समेत तोडफोड गरेका छन् । हाल कडा सुरक्षाको बाबजुत केहि मजदुर दैनिक कामकाजमा गएका छन् ।

हाल जेसिवाई कम्पनीको होस्टेल पूर्ण रुपमा पुलिसको नियन्त्रणमा रहेको छ । नेपालीहरु आन्दोलनमा उत्रिएपछी कम्पनीमा १५० पुलिसको कमान्डो फोर्श तैनाथ भएका छन् भने थप सुरक्षा कर्मी तयारीमा राखेको यहाँ स्थित स्थानीय पत्रिकाले जनाएको छ । थप घटना घट्न नदिन सुरक्षा कर्मिको परिचालन गर्नु परेको कम्पनीको अधिकारीले बताए पनि नेपाली मजदुर पूर्ण रुपले सबै दैनिक काममा फर्केका छैनन्, हाल उक्त कम्पनीमा आठ हजार भन्दा धेरै नेपाली कार्यरत रहेका छन् ।

उक्त कम्पनीमा नेपालीको साथै अन्य स्वदेशी तथा बिदेशी गरि अठार हजार भन्दा धेरै मजदुरले काम गर्छन । कम्पनीले कुनै पनि बिमारी मजदुरलाई समयमै उपचारको व्यवस्था कहिले पनि गर्दैन । उसले कामको मात्र महत्व राख्ने प्रविधिले कम्पनिमा कार्यरत नेपाली लगाएत बिदेशी श्रमिकलाई उपचार गरि निको हुने बिमारीमा पनि ज्यान गुमाउनु परेको अवस्था छ । कम्पनीमा यो पहिलो घटना भने होइन मजदुरहरुलाई सुरक्षाको दृष्टिले निकै कस्ट खेप्नु परेको घटना बारम्बार आइरहेकछन । गत बर्ष पनि एक नेपालीले उपचार नपाई ज्यान गुमाउनु परेको थियो । सोहि बेला पनि उनको छोरालाई समेत बुबाको सब हेर्न नदिई निर्दयी ब्यबहार तथा अमानबिय कम्पनीले प्रकट गरेको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar