हसिँली र सुन्दर चेहेराकी सम्झना लामिछाने मगर र रामजी खाँडलाई यो गीतले झनै चम्काएको छ । यही गीतको माध्यमले सम्झनाको दैनिकी फेरिएको छ । कन्र्सटको व्यस्तताले उनको दैनिकी व्यस्त सेडुलमा छ ।
लोक तथा दोहोरी र तीजको गरी ६ वटा एल्बम बजारमा ल्याएकी सम्झनाको यही गीत यसबर्षको इमेज अवार्डको नोमिनेसनमा पनि परेको छ । सर्बोत्कृष्ट लोक तथा दोहोरी गीत र सर्बोत्कृष्ट लोक दोहोरी गायन विधामा परेको गीतले उनलाई थप हौसला दिएको बताइन ।
इमेज च्यानलको ‘उकाली ओराली’कार्यक्रममा संचालिका अनुष्का पौडेलसँगको अन्तरबार्तामा उनले राम्रो गीतलाई भिडियो नगर्दा ‘सराप’ लाग्ने अभिब्यक्ति दिएकी छिन् ।
मगर भाषाको चलचित्र ‘म्यारमिन’ मा समेत अभिनय गरेकी सम्झनाले स्वर भरेको तीज गीतले पनि उस्तै बजार पिटेको छ । ‘नाच्ने हो ढल्की ढल्की’, ‘कसको ब्वाइ फ्रेण्ड’ ‘सितारा वितारा’ यस बर्ष चलेका एल्बम हुन् । अर्घाखाँची जुकेनामा जन्मिएकी सम्झनालाई आमाले गीत गाउने मात्र होइन नाच्न पनि प्रेरणा दिएको बताउँछन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !