Headlines News :
>
Home » » २० जना ‘छोटे डन’हरुको ‘डन’ दावा लामाको ‘ग्याङ्ग’ खोज्दै प्रहरी

२० जना ‘छोटे डन’हरुको ‘डन’ दावा लामाको ‘ग्याङ्ग’ खोज्दै प्रहरी

Written By Unknown on Wednesday, 20 August 2014 | 00:37

४ भदौ, काठमाडौं । काभ्रेली समूहका डन दावा लामा पक्राउ गरेपछि प्रहरीको तीर उनका सदस्यहरुतर्फ सोझिएको छ । लामाको टोलीमा २० जना ‘छोटे डन’हरु रहेको प्रहरीले बताएको छ ।

काठमाडौंको भीमढुंगामा मारिएका धादिङका दिनेश अधिकारी ‘चरी’ र बिराटनगरका अभिषेक गिरीसँगै प्रहरीको खोजीको सूचीमा रहेका लामा सोमबार पक्राउ परेका थिए । लामासँगै सहयोगीहरु दार्चुलाका बीरेन्द्रबहादुर कुँवर र कञ्चनपुरका प्रवीण खड्का पक्राउ परेका छन् । कत्रो छ दावाको ग्याङ्ग ? प्रहरीका अनुसार एक वर्ष अघिदेखि दावा फरार भएपछि उनको ग्याङ्ग सुस्ताएको थियो । तर, उनी राजधानी छिरेपछि उनको ग्याङ्ग फेरि सक्रिय भएको छ । दावाले ठेक्का कब्जा गर्न, व्यापारीबाट रकम असुली गर्न र अन्य गुण्डाका समूह तह लाउन करिब २० जना युवाको समूहलाई परिचालित गरेको प्रहरी बताउँछ । ‘दावाको ग्याङ्ग अन्य गुण्डाहरुको भन्दा ठूलो देखिएको छ’ अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले संचारकर्मीसँग भने-”नाइके पक्राउ परेका अब हाम्रो अर्को प्रयास यो ग्याङ्गलाई पूरै प्यारालाइसिस गर्नु हो ।’

प्रहरीले दावाको ग्याङ्गमा रहेका गुण्डाहरुको पहिचान गरिसकेको दावी गरेको छ । ‘हाम्रो पहिलो प्राथमिकता नाइकेलाई पक्राउ गर्नु हो, दावा पनि गुण्डाको एउटा नाइके हो’ कार्कीले भने-’हाम्रो सूचीमा रहेका करिब १० जना गुण्डा नाइकेलाई पक्राउ गरिसकेपछि उनीहरुको ग्याङ्ग ध्वस्त बनाउन सकिन्छ ।’
लामाका अपराध कर्म

कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ्ग खडा गरेका थिए । उनी काभ्रेबाट निर्वाचित कांग्रेसका सभासद तीर्थ लामाको व्यापारिक कारोबारमा समेत संलग्न रहेको बताइएको छ ।
दावा पक्राउ पर्नासाथ छुटाउन लामा हनुमानढोका जानुले पनि सम्वन्धलाई देखाउँछ ।
‘काभ्रेली समूहका नाममा दावा लामाले अपहरण, जबरजस्ती चन्दा असुलीदेखि ज्यान मार्ने उद्योगसमेत गरेको पाइयो’, अपराध अनुसन्धान महाशाखका प्रमुख एसएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘ग्याङ्ग नै बनाएर अपराध धन्दा चलाउने अगुवाका रुपमा उनलाई पक्राउ गरेका हौं ।’

लामाको ग्याङ्गले ललितपुरको सुनाकोठी-८ निवासी ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी हानेर फरार भएपछि प्रहरीले लामालाई निरन्तर खोजिरहेको थियो ।

डेढ वर्षअघि महाराजगञ्जबाट बूढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको ग्याङ्गले ११ लाख ५० हजार रुपैयाँ लुटेको थियो । लामाको ग्याङ्गले अग्रवालबाट पटक पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar