Headlines News :
>
Home » » एयरपोर्टमा लिन आउँछु भनेर भागेकी श्रीमतीले भनिन - बुढा भरतपुरमा छु लिन आउ

एयरपोर्टमा लिन आउँछु भनेर भागेकी श्रीमतीले भनिन - बुढा भरतपुरमा छु लिन आउ

Written By Unknown on Wednesday, 27 August 2014 | 17:19


गोरखा,  - आफू मलेसियाबाट आउँदा विमानस्थलमा लिन आउँछु भन्ने श्रीमती अचानक भागेपछि तनावमा रहेका गोरखा ताकुकोटका सुरेश बराम मंगलबार गोरखाबाट काठमाडौं जाँदै हुनुहुन्थ्यो ।
श्रीमती बिमा बेपत्ता भएपछि विक्षिप्त बनेर श्रीमतीकै खोजीका लागि यता उता भौतारिएका उहाँ श्रीमती हराएको सूचना टेलिभिजनमार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर काठमाडौं जाँदै हुनुहुन्थ्यो ।
धादिङको नौविसे पुग्नै लाग्दा उहाँलाई हराइरहेकी श्रीमतीको मोबाइल नम्वरबाट फोन आयो । आफ्नो मोबाइलमा श्रीमतीको नम्बरबाट फोन आएको देखेर हत्तपत्त कल रिसिभ गरेका सुरेशको कानमा श्रीमतीको आवाज पर्यो ‘बुढा म भरतपुरमा छु छिटो लिन आउ ।’
श्रीमतीको यो बोली सुनेपछि काठमाडौं जाने बस बीच बाटोमै रोकेर उहाँ बसबाट उत्रिनुभयो र अर्को गाडी समातेर भरतपुरतिर हानिनुभयो । भरतपुरको एक होटलमा बसिरहेकी बिमा श्रीमानलाई लिन भरतपुर बसपार्कमा पुग्नुभयो र उहाँलाई लिएर होटलमा जानुभो ।


होटलमा पुगेपछि बिमाले सुरेशलाई अँगालो हालेर भन्नुभयो ‘बुढा मलाई माफ गर ।’ श्रीमानसँगै गोरखा फर्किएकी बिमालेउज्यालो अनलाइनसँग भन्नुभयो ‘श्रीमानलाई सबै कुरा बताएँ र अहिले उहाँसँगै आएँ ।’ श्रीमानलाई छाडेर अर्के केटासँग भाग्न खोजेकी बिमाले आफूले बेलामा वुद्धि नपुर्याउँदा झण्डै ठूलो दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यो केटाको लहलहैमा लागेर मैले झण्डै घरबार बिगारेको ।’
श्रीमानलाई लिन काठमाडौं जान्छु भनेर भदौ ५ गते गोरखा ताकुकोटस्थित घरबाट निस्केकी बिमा बाटो बदलेर भरतपुर पुग्नुभयो । भरतपुरको एक होटलमा कोठा लिनुभयो, मोबाइल फोन अफ गरेर बस्नुभयो ।
भरतपुरको होटलमा रात बिताइरहँदा उहाँलाई ६ गते बेलुका मलेसियाबाट काठमाडौं ओर्लदैं गरेका श्रीमानको सम्झना आयो । घरमा छोडेर हिँडेका २ छोराको मायाले मन भक्कानियो । ‘कस्तो परिवन्दमा परिएछ जस्तो लाग्यो’ बिमाले भन्नुभयो ‘त्यहि दिन एक मनत फर्किउ जस्तो लागेको थियो ,फेरी जे सुकै होस् भनेर बसे बीमालाई यसरि परिबन्दमा पार्ने पूर्वतिरका एक  युवक रहेछन् जोसँग उहाँको ४ वर्षअघि मलेसियामा चिनजान भएको रहेछ । सुरेशले बिमालाई पनि सँगै मलेसिया लिएर जानु भएको थियो । त्यहाँ ती युवक र बिमाले एउटा फर्निचर पसलमा सँगै काम गर्नुहुन्थ्यो ।
‘त्यो पनि त्यही कम्पनीमा काम गर्थ्यो’ बिमाले पुराना दिन सम्झिँदै भन्नुभयो ‘खै कसरी हो, ऊ र म नजिक भयौं ।’ यो सम्बन्ध थाहा पाएपछि सुरेश २ वर्षपछि श्रीमतीलाई लिएर नेपाल आउनु भो । श्रीमतीलाई गाउँमै छाडेर उहाँ फेरि मलेसिया उड्नुभयो ।
भौगोलिक रुपमा टाढा भएपनि बिमा र ती युवकलाई प्रविधिले नजिक बनाईदियो । बिमा पति सुरेशलाई भन्दा ती युवकलाई बढी फोन गर्नुहुन्थ्यो । पछि आफूले गलत गरेको जस्तो लागेर ती युवकसँगको सम्बन्ध तोड्न चाहेको जानकारी दिँदै बिमाले भन्नुभो ‘पछि त उसले मसँग बिहे गर् नत्र तेरो लोग्नेलाई यहीँ मार्दिन्छु भन्थ्यो ।’
मलेसियामै रहेका ती युवकले दवाव दिएर आफूलाई भाग्न बाध्य बनाएको बिमा बताउनुहुन्छ । ‘बुढो नेपाल फर्किनु अघिनै भागेर कतै बस्दै गर’ ती युवकले मलेसियाबाट फोनमा भनेका कुरा बिमाले सुनाउनुभयो ‘नेपाल आए पछि बिहे गरौंला भनेको थियो ।’
सुरेशको घर फर्किने दिन नजिकिन थालेपछि उसले मलेसियाबाटै फोनमा धम्की दिएको बिमाको दावी छ । पछिल्लो समय फेसबुकमार्फत पनि बिमा र ती युवकको कुराकानी हुने गरेको रहेछ । ‘फेसबुकका सप्पै म्यासेज सबैलाई देखाइदिन्छु भन्यो’ बिमाले भन्नुभयो ‘कम्युटरबाट मिलाएर नाँगै फोटो फेसबुकमा राख्दिन्छु भन्यो, त्यस्तो बेइज्जत हुनुभन्दा त त्यहीसँग जान्छु भनेर म घरबाट हिँडें ।’
पाँच दिन भरतपुरको एउटा होटलमा बिताएपछि बिमालाई फेसबुक च्याटमा भएका अरु साथीहरुले बिमाबारे उज्यालो अनलाइनलमा यसअघि प्रकाशित समाचार बारे बताए । समाचार पढेपछि श्रीमानको माया लागेर आएको बिमा बताउनुहुन्छ । श्रीमानले आफूलाई खोजी रहेको समाचार पढेपछि फोन गर्ने जाँगर चलेको बिमाले सुनाउनुभयो ।
श्रीमतीसँगै गोरखा फर्किएका सुरेशले हराएकी श्रीमती पाएकोमा खुसी लागेको बताउनुभयो । ‘अब त्यो केटालाई कहिल्यै फोन गर्दिन भनेकी छ’ सुरेशले भन्नुभयो ‘केही बिग्रेको छैन भन्दै फिर्ता लिएर आएँ ।’
सुरेशले कमाएको पैसा सबै बैंकबाट निकालेर हिँडेकी बिमाले होटलमा बस्दा मासिएको बाहेक अरु पैसा फिर्ता ल्याउनु भएको छ । नेपाल उत्रेको एक हप्तासम्मको तनावपछि घर फर्किन लागेका सुरेशले जाँदाजाँदै भन्नुभयो ‘सर, विदेशमा भएका अरु साथीभाइलाई चैं मलाई जस्तो नपरोस् है ।’ सुरेश र बिमा गोरखा सदरमुकामबाट बुधबार नै ताकुकोटस्थित घर फर्किनु भएको छ ।
पढेर त्यत्तिकै नजानुहोला आफ्नो साथीहरु लाई पनि बाँड्नुहोला »»
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar