Headlines News :
>
Home » » 'बाउकी श्रीमती भएर बाँच्न मन लागेन'

'बाउकी श्रीमती भएर बाँच्न मन लागेन'

Written By Unknown on Wednesday, 27 August 2014 | 17:10



rape
काभ्रे,  - ९ बर्षपछि एक युवतीले आफ्नै हजुरबा, बाबुबाट आफू अनेकौं पटक बलात्कारको शिकार बनेको खुलासा गरेकी छन् ।
पनौती २ सुब्बागाउँकी १९ बर्षे ती युवती बलात्कारीमाथि कारबाहीको माग गदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि घटना खुलासा भएको हो । भदौ ८ गते उनले जिल्ला प्रहरी कार्यालयमा घटनाको बिबरणसहित किटानी जाहेरी हालेकी थिइन् ।
किटानी जाहेरीकै आधारमा प्रहरीले उनका ४७ बर्षे बाबु प्रकाश कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पीडितका बाबुलाई पक्राउ गरेपछि ७३ बर्षे हजुरबा ईन्द्रबहादुरले बिष सेवन गरेर मंगलबार आत्महत्या गरेका छन् ।
'बिगत ६ बर्ष अगाडि जब म १३ बर्षको थिए । त्यस बेलादेखि मलाई मेरो सहोदर बुबा भएको व्यक्तिले डर त्रास धाक धम्की दिइ जबरजस्ती करणी पटक पटक गदै आइरहेका थिए,' उनले स्मरण गरिन्, 'त्यो कुरा कोही कसैलाई भनिस् भने तलाई गुण्डा लगाएर मारिदिन्छु भनी त्रासमा पारिराखेका थिए । घरमा कोही नभएको मौका पारी डर त्रास धाक धम्की देखाई मलाई चल्न उम्कन समेत नदिई जबरजस्ती करणी गरे ।'
पीडित युवतीले खप्न नसकेर बिष सेवन गरेपछि अपराधकर्म खुलासा भएको थियो । 'घटना सहन नसकी तरकारीमा हाल्ने बिषादी औषधि बजारबाट किनी धुलिखेलको जङ्गलमा आई बिष खाई र सबै यर्थात कुरा साथी पूर्णिमालाई फोन मार्फत सुनाएपछि म बेहोस भएछु,' उनले भनेकी छन्, 'पछि होस आउँदा धुलिखेल अस्पतालको बेडमा रहेको पाएँ, अन्याय सहेर बाँच्नु भन्दा न्यायको लागि प्रहरीकोमा उजुरी गर्न आएकी छु ।'
'अपराधीलाई पक्राउ गरी कानुन बामोजिम कारवाही गरी पाऊँ' भन्दै प्रहरीमा पीडित युवतीले किटानी  जाहेरी हालेकी थिइन् । जाहेरीपछि प्रहरीले बाबुलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइरहेको छ ।
'पीडितले दिएको किटानी जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरेका हौं,' जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने, 'अदालतबाट म्याद थप गरेर घटनाका बारेमा बिस्तृत अनुसन्धान गरिरहेका छौं ।'
पीडित युवतीलाई अहिले  काठमाडौंस्थित रक्षा नेपालको सेल्टरमा राखिएको छ । 'पीडितको अवस्था दयनिय छ, मानसिक रुपमा विक्षिप्त छिन्,' रक्षा नेपालकी अध्यक्ष्ा मेनुका थापाले भनिन्, 'उनले न्याय पाउनै पर्दछ । अपराधीलाई कडा सजाय दिनुपर्दछ ।'

'उसलाई पीडा दिई-दिई फाँसी दिनुहोस्'
म १० बर्षको थिएँ । मेरो बाबु मकाउमा हुनुहुन्थ्यो । हजुरबाले घरमा कोही नभएको मौका छोप्दै केही होइन, केही हुँदैन भनेर मलाई बलात्कार गरे । उहाँले त्यस्तो गर्दा त्यस विषयमा मलाई केही थाहा थिएन् । ३ पटक त्यस्तो गरे । त्यसबेला मेरो धेरै रगत गएको थियो, म बिरामी भएको थिएँ ।
त्यसको ३ बर्षपछि बाबु मकाउबाट फर्किनु भो । त्यहाँबाट आएपछि एक दिन मेरो फुपू दिदी बिरामी हुनु भो । उपचारका क्रममा उहाँलाई धुलिखेल अस्पतालमा भर्ना गरियो । अस्पतालमा उहाँलाई कुर्ने कोही नभएपछि बुबाले आमालाई कुर्न अस्पताल पठाउनु भो ।
बेलुका खाना खाएर म र दुई बहिनी टिभी हेर्न उहाँको कोठामा गयौं । टिभी हेर्दा हेदै कान्छी बहिनी निदाई । त्यसपछि माइली र टिभी हेरिरहेका थियौं । माइली बाहिनी र म सुत्न कोठामा जाँदै गर्दा 'छोरी यहाँ आऊ' भनेर बुबाले बोलाए । मैले किन भने, उसले बस भन्यो । 'किन के काम पर्‍यो ड्याडी भनें । उसले च्याप मेरो हात समात्यो । उ माथि तान्यो । मैले हैन के गरेको ड्याडी भन्दा उसले मलाई सबै तिर छोयो । त्यसबेला मलाई धेरै डर लागिरहेको थियो ।
नाइनास्ती गर्दा पनि जबरजस्ती कपडा खोल्यो । मेरो हातखुट्टा च्यापे । अनि म रुँदै के गरेको ड्याडी भन्दै थिए । उसले केही हुँदैन भन्यो । मैले प्रतिकार गर्न खोज्दा उसले मलाई ठूलो स्वरमा कराएर 'केही हुँदैन नकरा' भन्यो । अनि बलात्कार गर्‍यो । त्यसपछि म धेरै रोएँ ।
११ कक्ष्ाा ज्वाइन गरेर बिरामी परेर घरमै बस्नुपर्ने अवस्था आयो । म बिरामी परेको फाइदा उसले धेरै उठायो । त्यसबेला हरेक दिन उसले मलाई बलात्कार गर्‍यो । दिउँसो ममीलाई माथिको घरमा पठाउँथ्यो । अनि मलाई बलात्कार गर्दथ्यो । बलात्कार गरेपछि उसले मलाई यति धम्काउँथ्यो, यति डर त्रास देखाउथ्यो अनि अति कुट्थ्यो त्यो भनि साध्य छैन । म पैसावाल मान्छे केही बोलिस् भने तलाई नराम्रो बनाइदिन्छु । त मसँग सुत्न आएको भनिदिन्छु । तेरो भाइ बहिनीलाई हेर्दिन भन्थ्यो । उसले मलाई दुई बर्षसम्म बलात्कार गरिरह्यो ।
बलात्कार गरेपछि औषधि खान दिन्थ्यो । यो कुरा मैले ममीलाई भनें । ममीले मलाई सपोट गर्नु भएन । यस्तो कुराले परिवारको इज्जत जान्छ भनेर दबाउनु भो । मामा माइजुलाई पनि भने उहाँहरुले पनि इज्जत जान्छ भन्नुभो ।
दिदी भिनाजु र साथीहरु सबैलाई भनें  । कसैले मलाई सपोट गरेन् । बाबु घरमा मानसिक पिडा दिन थालेपछि बाउको श्रीमती भएर बाँच्नु भन्दा मर्नु ठिक ठानेर बिष खाएको थिएँ । तर बाँचे ।
न्याय पाउने आशामा प्रहरीमा उजुरी हालेको छु । मैले न्याय पाउनु पर्‍यो । पापी त्यो बाउलाई पिडा दिई दिई फाँसी दिनुपर्‍यो । सबै कुरा सार्वजनिक भएपछि मंगलवार हजुरबा बिष खाएर मरेछन् । उनको मृत्यु त्यति सहज हुनुहुँदैथ्यो । पीडा पाई मर्नु पर्दथ्यो ।
सजायबाट जोगिन मेरो बाउले मलाई मानसिक सन्तुलन गुमेकी भनेछन् । म पूर्ण रुपमा ठिक छु । कुनै पनि हालतमा जो उम्किनु भएन् । सजाय पाउनै पर्दछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar