Headlines News :
>
Home » » दीपिका सर्वाधिक कामुक

दीपिका सर्वाधिक कामुक

Written By Unknown on Thursday, 10 July 2014 | 19:07

deepika
बलिउड नायिका दीपिका पादुकोण्ँ सबैभन्दा कामुक महिला चुनिएकी छिन्। पुरुषहरुको पत्रिका एमएचएमद्वारा गरिएको एक सर्वेक्षण्ँले दीपिकालाई यो उपाधि दिलाएको हो। यसअघि लगातार तीन वर्षसम्म यो उपाधि कट्रिना कैफको नाममा थियो। यस वर्ष भने दीपिकाले बाजी मारेकी हुन्। दीपिका एफएचएमको नयाँ अंकको पहिलो पन्नामा देखिएकी छिन्। यसको विमोचन पनि उनैले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दीपिकाले मानिसहरुले आफ्नो शारीरिक सौन्दर्य देखेर भोट नगरेको बताएकी छिन्। उनको भनाइमा ती मानिसले आफ्नो कामको सराहना गर्दै भोट गरेर आफूलाई यो उपाधि दिलाएका हुन्। ‘धेरैजसो मानिस सेक्सी भनिएको मन पराउँदैनन्। किनभने हामी यो शब्दलाई सीधा सेक्ससँग जोडिदिन्छौं’, दीपिकाले भनेकी छिन्– ‘मेरा लागि सेक्सी हुनु भनेको व्यक्तित्वको कुरा हो। मलाई लाग्छ जोसँग सेक्स अफ ≈युमर हुन्छ, ऊ सेक्सी हो। आत्मविश्वासले भरपुर हुनु सेक्सी हो। भावुक र कमजोर हुनु पनि सेक्सी हो। कोही पनि मानिस संवेदनशील छ भने त्यो सेक्सी हो।’दीपिका पछिल्लोपटक फिल्म कोचडय्यनमा रजनीकान्तका साथ देखिएकी थिइन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar