Headlines News :
>
Home » » जीवन चक्रमाथि साइकल

जीवन चक्रमाथि साइकल

Written By Unknown on Thursday, 10 July 2014 | 19:08

jeevan
मानव जीवन चक्रलाई लिएर साइकल नामक फिल्म निर्माण गरिएको छ। इच्छा र गन्तव्यको कथा भनिएको यो फिल्म संगीतकार राजेन्द्र श्रेष्ठले निर्माण गरेका हुन्। संगीतकार श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्ममा लेखन तथा निर्देशन शिव घिमिरेको रहेको छ।
आगामी दशैंपछि रिलिजमा ल्याइने युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्ममा गीत प्रकाश वज्राचार्य, संगीत र निर्मँण राजेन्द्र श्रेष्ठ, नृत्य कविराज गहतराज, द्वन्द्व प्रदीप खड्का, छायांकन निरज कँडेल र सम्पादन नवीन निरौलाको रहेको छ।
अभिनेत्री मौसमी मल्लपुत्र विक्की मल्ल प्रमुख नायक रहेको फिल्ममा हर्षिका श्रेष्ठ, रामचन्द्र अधिकारी, दिनेश डीसी, विजय देउजा, रोशनी भट्ट, नयाँ प्रस्तुति आनन्द पुन र गोविन्द केसी प्रमुख भूमिकामा छन् भने साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई अतिथि भूमिकामा देखिनेछन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar