उस्तै परे नेपाली कार्यक्रमका लागि विदेशीलाई नेपालमा बोलाइन्छ। देशमा प्रतिभावान र विज्ञहरु हुँदाहुँदै विदेशबाट बोलाएर काम गराइनुलाई महत्त्व दिने गरिन्छ। तर एक जना नेपाली प्रतिभा भने भारतमा सम्पन्न सौन्दर्य प्रतियोगितामा कोरियोग्राफीको भूमिका पूरा गरी फर्केका छन्।
ती प्रतिभाशाली भाग्यमानी युवा हुन् अश्विनी झा। नेपालमा हुने विभिन्न सौन्दर्य र प्रतिभामूलक स्पर्धाहरुका लागि कोरियोग्राफी गर्दै आएका जनकपुरका यी युवा हालै भारतको नयाँ दिल्लीमा सम्पन्न मिस्टर एन्ड मिस इन्डिया एटिट्युड नामक युवा र युवतीहरुको सौन्दर्य प्रतियोगिताका लागि कोरियोग्राफी गरेर फर्केका हुन्। सामाजिक सञ्जालमार्फत सम्पर्क भएपछि उनी सो प्रतियोगितामा कोरियोग्राफर चुनिएका थिए। उनले भारतीय कोरियोग्राफर तथा मधुर भण्डारकरको चर्चित बलिउड फिल्म फेसनको फेसन डिजाइनर रोहित बर्माको ठाउँमा सो प्रतियोगिताका लागि कोरियोग्राफी गरेका हुन्।
सो प्रतियोगिता दिल्लीस्थित विश्व युवा केन्द्रमा मिराज इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेका थियो। मिराजले भारतका विभिन्न शहरमा सन् १९९७ देखि विभिन्न सौन्दर्य प्रतियोगिता, सांगीतिक, फिल्मी सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। प्रतियोगिामा भारतका विभिन्न १५ राज्यबाट २० युवा र त्यती नै युवती सहभागी थिए।
‘आफूले कोरियोग्राफी सिकेकै ठाउँमा गएर फेरि पनि मुख्य कोरियोग्राफरको भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको छ’, एक जमानामा हिरो बन्ने सपना बोकेर जनकपुरबाट काठमाडौं र काठमाडौंबाट भारत छिरेका यी भारतकै कुशल कोरियोग्राफर कौशिक घोषका चेलाले नेपाल समाचारपत्रसँग भने– ‘कौशिक घोषसँग सिकेको कोरियोग्राफी टिप्स त्यहीँ पुगेर प्रयोग गरेँ।’ अश्विनीले कौशिकसँगै रहेर २ वर्षसम्म रहेर उनलाई विभिन्न फेसन इभेन्टमा कोरियोग्राफीमा असिस्ट गरेका थिए। ‘त्यो बेलामा सानातिनाबाहेक ठूला १४ इभेन्टमा कौशिकलाई असिस्ट गरेको थिएँ। यसपालि जाँदा मजस्तै उहाँका धेरै कोरियोग्राफर चेलालाई भेटें। उनीहरुबाट सहयोग पनि पाएँ’ –उनले भने।
अश्विनीका अनुसार यो प्रतियोगितापश्चात उनलाई अन्य भारतीय इभेन्टका प्रस्ताव आएका छन्। ‘अब त्यहाँ र यहाँ समय मिलाएर काम गर्छु’ –उनको भनाइ थियो। मिस इन्डियाहरुलाई लिएर आफ्नो कम्पनी इन्फिनिटी इन्टरटेनमेन्टबाट नेपाल र भारतमा वर्कसप र फेसन शो गर्ने योजना बनाइरहेका अश्विनीले यसअघि नेपालमा भएका मिस टिन काठमाडौं २०६५, मिस टिन २०६६, मिस ग्लोबल २०११, लिटिल मिस नेपाल २०६६, मिसेज नेपाल २०१२ र २०१३, मिस नेपालगन्ज २०६९, लिटिल मिस भेरी २०६९, लिटिल मिस नेपाल २०१२, ग्ल्याम हन्ट २०१३, मिस एसएलसी आइकन २०१४, मिस एसएलसी २०१४ जस्ता सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गरिसकेका छन्।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !