Headlines News :
>
Home » » उल्टो घुम्न थाल्यो घडी

उल्टो घुम्न थाल्यो घडी

Written By Unknown on Thursday, 10 July 2014 | 19:04

bolivia_clock_runn
बोलिभिया । दक्षिण अमेरिकी देश बोलिभियाको एउटा शहरमा उल्टो घुम्ने घडी राखिएको छ । ला पाज सहरस्थित बोलिभियाली संसद भवन बाहिर राखिएको सो घडीको सुइ उल्टो घुम्नुका साथै अंकको क्रम पनि उल्टो राखिएको छ ।
बोलिभियाका विदेशमन्त्री डेविड चोकुएहुआन्साका अनुसार उक्त घडीलाई ‘दक्षिणको घडी’ नाम दिइएको छ । बोलिभियाका नागरिकलाई आफ्नो सांस्कृतिक विरासतलाई सजाउन जागरुक गर्ने उद्देश्यले यस्तो घडी प्रयोगमा ल्याइएको उनले बताए । यो परिवर्तनको माध्यमबाट आम नागरिकलाई स्थापित मान्यतालाई चुनौती दिन सकिन्छ र नयाँ सृजनात्मक ढंगले सोच्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।
‘घडीको सुइ एकै दिशामा घुम्नु पर्छ भन्ने छैन,’ विदेशमन्त्री डेविडले भने, ‘हामी अरुको कुरालाई नै स्वीकार गरेर किन बस्नु ? नयाँ ढंगले सोच्न सक्नु पर्दछ ।’ विषयलाई जटिल बनाउन नभई आफूहरु उत्तरी अमेरिकामा नभई दक्षिणी अमेरिकामा बस्दै आएको कुरालाई स्मरण गर्न चाहेको उनले बताए । उनका अनुसार बोलिभियाली सहर सान्ता क्रुजमा भएको ‘जी–७७’ को बैठकमा सहभागी विभिन्न देशका प्रतिनिधिलाई समेत यस्तै खालको टेबल घडी दिइएको थियो । (एजेन्सी)
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar