गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिने छ । झट्ट हेर्दा कुनै कार्टुनजस्तो लाग्ने यो कारमा अग्रभाग नरम रहने जनाइएको छ । त्यसैगरी यसको झ्यालमा जडान गरिने सिसा पनि नरम खालको रहने बताइएको छ ।
अधिकतम ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने यो कारमा चालकले रोक्न र गुड्न बटम थिच्नुबाहेक अन्य भूमिका निर्वाह गर्नु नपर्ने जनाइएको छ । गुगलका सहसंस्थापक सर्गे ब्रिनले क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कम्पनिको महत्वाकांक्षी योजनाको खुलासा गरेका हुन् ।
कम्पनीका इन्जिनियरहरुले हाल स्वचालित प्रविधिका नकारात्मक पक्षबारे अनुसन्धान गरिरहेको र तिनलाई समेत सुधारेर कार निर्माण गरिने जनाइएको छ । यो कारमा परम्परागत कारको जस्तो बोनट राखिएको छैन । दुई सीट क्षमताको कार विद्युतबाट चल्ने बताइएको छ । (एजेन्सी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !