
भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीलाई आन्ध्र प्रदेशको एक अदालतले हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्याएको आरोपमा पक्राउ पुर्जी थमाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार स्थानीय अदालतले दिएका तीन मौकामा पनि उनी अदालतमा हाजिर हुन नआएपछि अदालतले धोनीलाई जुलाई १६ जुलाई सम्ममा अदालतमा पेश गर्न सुरक्षाकर्मीलाई आदेश छ। भारतबाट प्रकाशित हुने एक विजनेश पत्रिकाको अप्रिल महिनामा मुख्य पृष्ठमा प्रकाशित चित्रसँग सम्बन्धित छ। जहाँ धोनीलाई भगवान विष्णुको रूपमा प्रस्तुत गरिएको थियो र उक्त चित्रको माथि ‘गड अफ बिग धोनी’ भन्ने शीर्षक दिएको थयो। धोनीले यस चित्रमा विभिन्न कम्पनीको उत्पादनका साथ(साथै एक जुत्ता पनि बोकेका छन्। भारतको नभभारत टाइम्सका अनुसार फेब्रुअरीमा विश्व हिन्दु परिषदका स्थानीय नेता वाई। श्याम सुन्दरले यस विषयलाई लिएर अदालतमा मुद्धा दायर गरेका थिए। धोनीले हिन्दुहरुको भावनामा आहत पुर्याएको सुन्दरको भनाइ रहेको छ।-एजेन्सी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !