उहाँले विप्रेषण बढेसँगै विदेशमा काम गर्ने श्रमिकहरुको मृत्युदर पनि बढेको र गर्मीयाममा यो झन् बढी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानुअघि रोजागारीमा जानेहरुका लागि ऋण, तालिम र प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले भोगेका समस्याहरुको समाधानका लागि सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
अर्का सांसद शक्तिबहादुर बस्नेतले डोल्पामा यार्सागुम्बा टिप्ने क्रममा हत्या, लुटपाट र गोलीकाण्डसमेत भएकामा त्यसको रोकथामका लागि सरकारले तत्कालै कदम चाल्नुपर्ने बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारी गएका नेपालीहरु अङ्गभङ्ग भएर फर्कने क्रम बढेकाले उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बतउनुभयो ।
सांसद डिल्लीप्रसाद काफ्लेले नक्कली बीउका कारण धानबाली नष्ट भएका भक्तपुर र काभ्रेका किसानलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद हरिचरण शाहले सर्लाही र महोत्तरीका उखु किसानले तोकिएको मूल्यअनुसारको भुक्तानी नपाएकाले उनीहरुको समस्या सम्बोधन गर्नुपर्ने तथा सुनसरीको चतरामा खोलाको किनारामा जोखिमपूर्ण अवस्थामा बसेको सुकुम्बासीको बसोवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । रासस


0 comments:
Speak up your mind
Tell us what you're thinking... !