Headlines News :
>
Home » » ‘सामाजिक प्रजातन्त्र नै भविष्यको लहर’

‘सामाजिक प्रजातन्त्र नै भविष्यको लहर’

Written By Unknown on Thursday, 10 July 2014 | 17:03

दुई दिने अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनले विकासको नवउदारवादी आर्थिक अवधारणाको शक्ति क्षीण भएकाले अब ‘सामाजिक प्रजातन्त्र नै भविष्यको लहर’ भन्ने निष्कर्ष निकालेको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी. पी. कोइरालाको जन्मशताब्दी मनाउने क्रममा आयोजित ‘सामाजिक प्रजातन्त्रको भविष्य’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित १२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।
बी.पी. चिन्तन प्रतिष्ठानले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको घोषणापत्रमा सामाजिक प्रजातन्त्रले समान आर्थिक अवसरहरूमा विश्वास गर्छ भन्दै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायत आधारभूत अधिकारहरू जनताका क्रय शक्तिको भेदभावबिना पाउने अधिकारहरु हुन् र उनीहरुलाई यी अधिकार प्रदान गरिनुपर्छ भनिएको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले नेपालमा रहेको मेलमिलापको संस्कृति सामाजिक प्रजातन्त्रका लागि सफलताको आवश्यक तत्व मानिएको बताउनुभयो ।
बर्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीसहित विश्वका समाजवादी चिन्तकहरूको सहभागितामा गएको जेठ ३१ र असार १ गते सो सम्मेलन सम्पन्न भएको थियो ।
यसैबीच, वी.पी. चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले छ्ुट्टै विज्ञप्ति निकालेर व्यवस्थापिका–संसद्का केही सदस्यले सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्ुसार, जनही पाँच करोड माग गरेकोमा सो कार्य घोर आपत्तिजनक कार्य भनी आलोचना गर्नुभएको छ ।
यो कार्य वी.पी.को प्रजातान्त्रिक समाजवादी दृष्टिकोणबाट हेर्दासमेत यस्तो अभ्यास सिद्धान्तसम्मत् नभएको भन्दै विरोध जनाइएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar