Headlines News :
>
Home » » हामीले धेरै मानिसलाई गलत सावित गरौं : एग्युरो

हामीले धेरै मानिसलाई गलत सावित गरौं : एग्युरो

Written By Unknown on Thursday, 10 July 2014 | 16:57


स्ट्राइकर सर्जिओ एग्युरोले अर्जेन्टिनाले धेरै मानिसहरुले गलत सावित गरिदिएको बताएका छन् । नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिना २४ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ र अब उपाधिका लागि जर्मनीसँग खेल्नेछ । ‘धेरै मानिसहरुले अर्जेन्टिना फाइनलमा पुग्छ भनेर सोचेका थिएनन्’ २६ वर्षीय एग्युरोले भनेका छन्-’तर, हामीसँग कस्ता खेलाडी छन् हामीलाई थाहा छ । उनीहरु व्यक्तिगत रुपमा निकै राम्रा छन् ।’ उनले अघि भने-यसले ठूलो अर्थ राख्छ ।’ निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल नभएपछि भएको टाइब्रेकरमा गोलकिपर रोमेलोले नेदरल्याण्डका दुई प्रहार रोकेपछि अर्जेन्टिनाले जित सुनिश्चित गरेको थियो । अर्जेन्टिनाका लिओनल मेस्सी र एग्युरोसहित चारै खेलाडीले गोल गरेका थिए । निर्णायक पेनाल्टी हानेका ३३ वर्षका म्याक्सी रोडि्रग्वेजले भने-’हामीलाई पीडा थाहा थियो, जसलाई फालीदियौं र हामी खुसीका लागि हकदार बन्यौं ।’ विश्व च्याम्पियन बन्ने सपनाका साथ ब्राजिल आएको भन्दै उनले फाइनल भिडन्तको ९० मिनेट आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरे । अर्जेन्टिनाका प्रशिक्षक साबेलाले फाइनलमा पुग्दा आफ्ना खेलाडीहरु थाकेको बताए । केहीदिनको आरामपछि फाइनल खेल्ने भन्दै उनले भनेका छन्-’हामी फाइनलमा पुग्यौं यो महत्वपूर्ण छ तर, अब हामीले कसरी लिन्छौं हेर्न बाँकी छ ।’ उनले जर्मनीविरुद्धको फाइनल भिडन्तलाई युद्वको संज्ञा दिएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar