Home »
» समूहगत छलफल जारी: महाधिवेशन स्थल बाहिर दुई समूहका गीत र नृत्य
समूहगत छलफल जारी: महाधिवेशन स्थल बाहिर दुई समूहका गीत र नृत्य
Written By Unknown on Tuesday, 8 July 2014 | 22:43
काठमाडौँ, असार २४ गते । नेकपा ९एमाले०को नवौँ महाधिवेशनस्थल बाहिर अध्यक्षका प्रत्यासीहरु वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली समूहका युवा कार्यकर्ताले अलगअलग स्थानमा गीत, नृत्य र नाराबाजी गरिरहेका छन् । नेपाल समूहका कार्यकर्ता नेपाल पर्यटन बोर्डको कार्यालय अगाडि र ओली निकटका कार्यकर्ता विश्वभाषा क्याम्पस अगाडि केन्द्रित भएर प्रस्तुति गरिरहेका छन् । चर्को घामको पनि पर्वाह नगरी कार्यकर्ताले आफ्नो समूहको पक्षमा उत्साहपूर्वक माहोल बनाइरहेका छन् । नेपाल समूहले ‘आयो आयो माधव नेपाल आयो’ र ओली समूहले ‘सबैको बोली अबको अध्यक्ष ओली’ जस्ता भाका र नारा घन्काइरहेका छन् । उनीहरुले पोशाक र टोपीमा आफ्ना समूहका नेताको तस्बिर पनि समावेश गरेका छन् जसका कारण जनसहभागिता पनि सो स्थलमा बढ्दो छ । सो स्थलमा अहिले प्रहरीले कडा सुरक्षा दिइरहेको छ । प्रदर्शनीमार्गमा सवारी साधनलाई आवागमनमा निधेष गरिएको छ । स्यवम्सेवक नै पक्ष/विपक्षमा लागेपछि।।।। खटिएका पार्टीका स्वयम्सेवक नै समूहगत पक्ष विपक्षमा लागेपछि उनीहरुलाई बुधबारदेखि बिदा दिइने भएको छ । बन्दसत्रका अन्य गतिविधि सकिएर निर्वाचनको तयारी भइरहेकाले पनि पार्टीका स्वयम्सेवकलाई भोलिदेखि हटाउने निर्णय अध्यक्ष मण्डलले गरेको हो । निर्वाचनका समयमा बन्दसत्रको सुरक्षा राज्यका सुरक्षा निकायले गर्ने एमालेको पूर्ववत् तयारी थियो । पार्टीको सहयोगी काममा खटिएका स्वयम्सेवक पक्ष र विपक्षमा प्रचारबाजी गर्नसमेत जुटेको देखिएकाले उनीहरुलाई अबभित्र प्रवेशमा निषेध गरिने सुरक्षा उपसमितिका संयोजक तथा पार्टीका सचिव विष्णु पौडेलले जानकारी दिनुभयो । एमालेले महाधिवेशनमा २३० स्वयम्सेवक खटाएको छ । कतिपय स्वयम्सेवक आफ्नो अनुकूलतामा पार्टीले दिएको पोशाक प्रयोग नगरी समूहको प्रचारमा हिँड्ने गरेका देखिन्छन् भने कतिपय स्वयम्सेवक आफ्नो समूहका पक्षमा सञ्चारकर्मी र प्रतिनिधिलाई प्रभावित गर्न पनि तम्सिएका छन् । अध्यक्ष मण्डलले जारी गरेको आचारसंहितामा बन्दसत्र स्थलमा कुनै पक्षको प्रचार सामग्री वितरण गर्न र प्रचार गर्न नपाइने उल्लेख छ । विधान संशोधनले रोकियो प्यानल घोषणा नयाँ नेतृत्वका लागि समहतिको प्रयास भएपनि निर्वाचन हुने छाँट देखिएपछि नेपाल र ओली समूहले आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यका प्यानल निर्माणको तयारी गरिरहेका छन् । तर बन्दसत्रबाट विधान संशोधन हुन बाँकी रहेकाले एकमुट प्यानल बन्न सकिरहेको छैन । विधान संशोधनको प्रस्ताव विद्यमान पदाधिकारीको सङ्ख्या बढाएर १५ बनाउने र केन्द्रीय कमिटीको सङ्ख्या १४९ बनाउने उल्लेख छ । सो प्रस्ताव कुन रुपमा पारित हुन्छ भन्ने निक्र्योल नहुँदा कुन पदमा कुन समूहले कति को को उम्मेदवार बनाउने भन्ने निर्णय हुन सकेको छैन । समूहगत छलफल जारी महाधिवेशनको छैटाँै दिन आज पनि समूहगत छलफलको प्रस्तुति भइरहेको छ । सोमबार १० समूहले आफ्नो प्रस्तुति गरेका थिए भने आज बाँकी समूहको प्रस्तुति भइरहेको हो । बन्दसत्रमा प्रस्तुति सकिएपछि प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिने र त्यसलाई पारित गरिएपछि निर्वाचनको कार्यक्रम प्रारम्भ हुनेछ । बन्दसत्रमा १९ समूह गठन गरिएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !