Home »
» हालिहोडिचले छाडे अल्जेरिया
हालिहोडिचले छाडे अल्जेरिया
Written By Unknown on Tuesday, 8 July 2014 | 16:44
अल्जिरेस, असार २३ - अल्जेरियाका प्रशिक्षक भाहिड हालिहोडिचले सोमबार आफ्नो पद छाड्ने घोषणा गरेका छन् । उनको नेतृत्वमा अल्जेरियाले विश्वकप २०१४ को अन्तिम १६ मा प्रवेश गरेर ऐतिहासिक सफलता हात पारेको थियो । बोस्नियाका ६१ वर्षीय प्रशिक्षकले अल्जेरियालाई पहिलोपल्ट नकआउट चरणमा पुर्याएका थिए । त्यसमा जर्मनीलाई बलियो चुनौती पेस गर्दै अतिरिक्त समयमा पराजित भएको थियो । 'अल्जेरियाली फुटबलका लागि मैले गर्विलो सेवा गरेको छु,' उनले भनेका छन्, 'यसबीच मैले अल्जेरियामा तीन वर्ष बिताएँ । अब म नयाँ चुनौती सामना गर्न चाहन्छु । यतिबेला म आफ्नो परिवारसँग नजिक रहन चाहन्छु । यिनै कारणले मैले प्रशिक्षक पद छाड्ने निर्णय गरेको हुँ ।' विश्वकपको समाप्तिसँगै उनको अनुबन्ध पनि सकिएको थियो, तर उनलाई नवीकरणको प्रस्ताव पनि राखिएको थियो । समूह चरणमा अल्जेरियाले दक्षिण कोरियालाई ४-२ ले पराजित गरेयता रुससँग बराबरी खेलेको थियो । मार्क बिल्मोट्सको बेल्जियमसँग अन्तिम खेलमा २-१ ले पराजित भएपछि समूहको दोस्रो स्थानमा रहेको थियो । जर्मनीसँग २-१ ले पराजित खेलमा पनि टिमको प्रदर्शनलाई धेरैले प्रशंसा गरेका थिए । प्रशिक्षकले थपेका छन्, 'म पूरा जीवन अल्जेरियाप्रति अभारी रहनेछु ।' सन् २०११ मा तीन वर्षका लागि अल्जेरियाको प्रशिक्षक पद सम्हालेयता 'डेजर्ट फक्सेस' सन् २०१३ को अफ्रिकी कप अफ नेसन्स र विश्वकप अन्तिम चरणमा छनोट भएको थियो । अन्त्यमा उनले अल्जेरियाली मिडियाको आलोचना गर्न पनि बिर्सेनन् । उनको मिडियासँग राम्रो सम्बन्ध बनेको थिएन । जर्मनीविरुद्ध खेलपछि अल्जेरियाली पत्रकारहरू उनको पोस्ट म्याच कन्फ्रेन्समा गएनन् । प्रकाशित मिति: २०७१ असार २४ १०:४९


0 comments:
Speak up your mind
Tell us what you're thinking... !