Headlines News :
>
Home » » अमेरिकाले अभिनेत्री सुमिना घिमिरेलाई किन भिसा दिएन ?

अमेरिकाले अभिनेत्री सुमिना घिमिरेलाई किन भिसा दिएन ?

Written By Unknown on Tuesday, 15 July 2014 | 01:22

असार ३१, काठमाण्डौ । पछिल्लो समय अमेरिकालाई लक्षित गर्दै धेरै कलाकारहरु कलाकारितामा पनि सक्रिय हुने गरेका छन् । कलाकारितामा लामो समय सम्म काम गरिसकेका चल्तीका अनुहारलाई पनि पछिल्लो समय नेपाली कलाकारकै कारण अमेरिकाले भिषा दिन आनाकानी गर्ने गरेको छ । 

राजेश पायल राइलाई समेत अमेरिकन दुतावासले करिब दर्जन जति पटक भिषा निबेदन गर्दा पनि पत्याएको थिएन तर केहि समय अघि मात्रै राजेशलाई अमेरिकाको एक कार्यक्रमका लागि भिषा दिएको थियो । त्यति मात्र होइन नायक जीवन लुइँटेल,आर्यन सिग्देललाई समेत अमेरिकन दतावासले भिषा दिएको छैन । कलाकार मध्ये सहज रुपमा भिषा पाउने भनेका राजेश हमाल हुन् । 

अमेरिका विभिन्न कार्यक्रमको बहाना गरेर जाने र उतै लुकेर बसिदिने परम्पराले गर्दा नेपाली कलाकारहरुलाई अमेरिकन दुतावासले भिषा दिन कन्जुस गर्छ । यस्तै गरी अभिनेत्री सुमिना घिमिरेले बुझ्नमा आए अनुसार अहिले सम्म ३ पटक सम्म भिषा निबेदन दिएको तर पनि उनलाई भिषा दिएन । पछिल्लो पटक उनले मे २७ मा भिषा निबेदन गरेकी थिइन् । 

यो पटक पनि उनलाई दुतावासले ‘नेपालमा संविधान बन्न लागेकोले यही नै बस्नोस्, संविधान बनाउने काममा सहयोग गर्नोस्’ भन्दै भिसा दिएन । एक कार्यक्रमको सिलसिलामा अमेरिका जानका लागि सुमिनाले भिसाको आग्रह गरेकी थिइन् । यसो त चलचित्र कलाकार संघले पनि सुमिनालाई भिसा दिनको लागि सिफारिश पत्र काटेको थियो । तर अमेरिका जाने नायिका सुमिना घिमिरेको प्रयास भने असफल भएको छ । 

सुमिनाको दाइ आनन्द घिमिरे अमेरिका आर्मीको तालिममा छन् । तर आर्मीको एउटै परिवारको लागि भने अमेरिकाले भिषा दिने ब्यबस्था लागु गरेको छ । तथापि उनलाई भिषा किन दिएन त यस बारे सुमिना यसो भन्छिन् “ म एएनए(अमेरिकन एशोसियसन अफ नेपाल) को जुलाई ४ देखि ६ सम्म हुने कार्यक्रमका लागि भनेर बिशा निदेदन दिएकी थिए । तर काउन्सुलरले नेपालमा संबिधान बन्न लागेकाले यहि बसेर सहयोग गर्नुस भन्नु भयो । आखिर संबिधान मैले बनाउने हो र ? फेरी म कम गर्न र लुकेर बस्नको लागि पनि त जना लागेकी होइन नि एउटा कार्यक्रममा मलाई नै सिफारिस आको छ भने त्यो कार्यक्रममा म सहभागी हुन नपाउने ? सुमिनाले अमेरिकन दुतावास प्रति कडा हुदै भनिन् । 

संबिधानको बिषयलाई लिएर कलाकारलाई भिषा नदिनु राम्रो होइन । देशमा संबिधान जनता र कलाकारले गर्दा नबनेको हो र ? संबिधान नबनाउने नेतालाई भिषा दिन हुने अनि कलाकार भिषा नदिनु दुखद कुरा हो । बरु मलाई तपाइको डकुमेन्ट पुगेन,कलाकार अमेरिका पुगेर लुकेर बस्छन् भनेको भए मलाई दुख लाग्ने थिएन तर संबिधानलाई जोडेर भिषा नदिएको मा एकदमै दुख लागेको छ ।” सुमिनाले गुनासो गरिन् । अमेरिकाले भिषा नदिए पनि उनी आउदो जुलाई २५ तारिखमा हङकङमा हुने एक नेपालि सास्कृतिक कार्यक्रमका लागि भने हङकङ उड्ने भएकी छिन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar